meger-housing
Advertisement

काठमाडौं । नेपालका हाउजिङ्ग कम्पनीहरु पनि मर्जरमा जाने हल्ला चलेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा फोर्स मर्जरको लहर चलिरहदाँ हाउजिङ्ग कम्पनीहरु पनि मर्जरमा जाने सुचना आएका छन् ।

कञ्चनजंघा हाउजिङ्ग र संकल्प इन्भेष्टमेन्ट एण्ड होल्डिङ्ग मर्जरमा जाने भएको हुन् । दुबै कम्पनीले मर्जर प्रस्ताव पारित गराउन संयुक्त विशेष साधारण सभा आह्वान गरेका छन । आगामी असार १४ गते बिहान १० बजे अल्फा हाउस, नयाँबानेश्वरमा हुने दुबै कम्पनीको संयुक्त विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा कम्पनीहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रस्ताव पारित गर्ने, मर्जर पछि कम्पनीको नाम परिवर्तन गर्ने, प्र्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिएको छ ।

Advertisement

मर्जर पछि कायम हुने शेयर बाँडफाँडको विषयमा आवश्यक निर्णय गर्ने समेत कम्पनीले जनाएको छ । यस्तै साधारण सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीको सम्बन्धमा पनि छलफल गर्दैछ ।

कञ्चनजंघा हाउजिङ्गले त्रिपुरेश्वरको ट्रेडटावर र ललितपुरमा जनता आवास निमार्ण गरी सकेको छ भने तेस्रो फेजमा संकल्प इन्भेष्टमेन्ट एण्ड हिल्डिङ्गसंग मर्जमा गएर काठमाडौंको गौशलामा ४ रोपनी क्षेत्रफलमा ३ स्टार होटल निमार्ण गर्ने तयारी गरिरहेको छ ।

Advertisement