fbpx

हावाहुरीका कारण नेपालगन्ज उडेको बुद्धको जहाज भैरहवा !



नेपालबहस संवाददाता
 




काठमाडौं । काठमाडौंबाट नेपालगन्जका लागी उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । आज बिहान काठमाडौंबाट नेपालगन्ज गएको जहाज राझा एयरर्पोटमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको हो ।

नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको छ । भैरहवा डाइभर्ट भएको बुद्धको जहाज नेपालगन्जका लागि फिर्ता भएको छ ।

बुधबारदेखि नै संचालनमा आएको धनगढी विमानस्थलमा जहाज पुग्ने बेलासम्म मौसम सामान्य भइसकेको थियो ।काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण भइसकेको धनगढी विमानस्थलले जानकारी दिएको छ । धावनमार्ग मर्मत गर्न यो विमानस्थल २२ वैशाखदेखि बन्द भएको थियो ।


सम्बन्धित समाचार