Advertisement

सिन्धुपाल्चोक । सत्तरुढ नेकपाका पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक जाने भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममासहभागी हुन यसततर्फ जान लागेको निजी स्रोतले जानकारी दिएको छ ।

बिहीबार दिउँसो सो कार्यक्रममा सहभागी हुन उनी नेपाली सेनाको हेलिकप्टरमार्फत १२ बजे मांखा जाने कार्यक्रम रहेको छ । प्रचण्डसँगै सांसद तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा समेत सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको छ ।

Advertisement