fbpx

नेपाल प्रहरी र सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु



नेपालबहस संवाददाता
 



Nepal-Police-Logo

काठमाडौँ । ‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मूल नाराका साथ अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको छ ।

प्रहरीप्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा ‘प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश ५ का प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन शुरु भएको हो ।

कार्यक्रममा महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले गत वर्षको तुलनामा अपराध अनुसन्धानका क्षेत्रमा सरकारले ठूलो उपलब्धि हासिल गरेको बताउए । “सरकारी मुद्दाको सफलता ७२.२८ प्रतिशत पुगेको छ, जो हालसम्मको उच्च हो”, उनले भने ।

प्रादेशिक सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको समन्वय थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । अनुसन्धानलाई वैज्ञानिक र वस्तुगत प्रमाण बढाउनु जरुरी रहेको उनको भनाइ थियो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नयाँ संविधान निर्माण भएसँगै फौजदारी र देवानी संहिता लागू भइसकेको अवस्थामा अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच तालमेल मिलाएर अगाडि बढेमात्र अपराध अनुसन्धानले सफलता प्राप्त हुने बताए ।

उनले कतिपय प्रहरीले गरेका अनुसन्धान सरकारी वकिल समक्ष लैजाँदा प्रमाण नपुगेको अवस्था सिर्जना हुने गरेको बताउँदै आवश्यक प्रमाण पु¥याउन प्रहरीलाई आग्रहसमेत गरे । “प्रहरीबाट हुने अनुुसन्धानमा केही कमी कमजोरी भएका छन्, सम्मेलनले अनुसन्धानमा प्रहरी कहाँ चुकेको छ भन्नेबारेमा छलफल चलाउन जरुरी छ”, उनले भने।

दुई दिनसम्म चल्ने सम्मेलनमा तीन प्रदेशको १३८ अभियोजनकर्ता तथा अनुसन्धानकर्ताको सहभागिता छ । कार्यक्रममा महान्यायाधिवक्ता कार्यालयबाट प्रकाशित ‘बाल न्याय स्रोत सामग्री’ पुस्तकको विमोचन गरिएको थियो ।


सम्बन्धित समाचार