धादिङ जीप दुर्घटना, पाँचको मृत्यु, दश घाइते
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार २०:४५:६
धादिङ । गल्छी गाउँपालिका–४ कार्कीडाँडाबाट पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको बैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ ।
धादिङ प्रहरीका अनुसार दुर्घटनामा सोही गाउँपालिकाको वडा नं.६ का २५ वर्षीया नानु तामाङ,सोही ठाउँका ३० वर्षीया कान्छी भजुेल, वडा नं.४ का ३८ वर्षीय सेते मिजार ,सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ भने २१ वर्षीया समीक्षा अधिकारीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
बैरेनीबाट करिब ५ किलोमिटर भित्र कच्ची सडकमा भएको दुर्घटनामा १० जना घाइते भएका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीपमा करिब १८ जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार