संसदिय अभ्यासको वास्तविक नमुना कालिगण्डकी गाँउपालिकाको बजेट,उत्कृष्ट प्रमुख प्रशासकिय अधिकृत
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १९:५२:४७
स्याङ्गजा । असार दशलाई देशभरका अधिकांश स्थानिय तहहरुले पालिकासभा गर्ने दिन भनेर बुझिन्छ । स्थानिय तहहरुमध्ये कहिँ पालिका सभा गरेका छन् त कति स्थानिय तहहरुले विभिन्न विवादका कारण सुरुवात पनि गर्न सकेका छैनन तर स्याङ्गजाको कालिगण्डकी गाँउपालिकाले भने आफ्नो उत्कृष्टता आ.व. ०७६/७७ को बजेट मार्फत प्रस्तुत गरेको छ ।
गाँउपालिकाले असार नौ गते नै गाँउसभा सम्पन्न गरेको छ ।देशभरका अधिकांश स्थानिय तहहरुले निति नियम विपरित गरेको पाइएको छ । कतिपए ठाँउमा नगर प्रमुख-उपप्रमुख/गाँउपालिका अध्यक्ष-उपाध्यक्षको विवादका कारण सभाको प्रकृया समेत सुरु हुन नसकेको अवस्थामा कानुनतः सम्पुर्ण प्रकृया पुरा गरेर गाँउसभा गर्ने पहिलो गाँउपालिका बनेको छ कालिगण्डकी गाँउपालिका ।
गाँउसभा मात्रै नभई सम्पुर्ण काम नै विधि र विधान सम्मत गर्ने पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खनाल रहेको वडाध्यक्षहरु बताउछन् ।
प्रमुख प्रशासकिय अधिकृत प्रशासनिक ब्यक्ती हुने र कानुनी कुरामा उ नै अब्बल हुपर्ने साथै जिल्लामै उत्कृष्ट प्रमुख प्रशासकिय अधिकृत कालिगण्डकी गाँउपालिकामा रहेको दावि समेत गर्दछन । यता पालिका अध्यक्ष पनि संस्थानको पुर्व अध्यक्ष भएको कारण काममा सहजता देखिएको स्थानियहरु बताउछन् ।
जिल्लाकोे सुदुर दक्षिण पश्चिम भेगमा रहेको यो गाँउपालिकामा आ. व. ०७६/७७ का लागि चालुतर्फ २२ करोड ५१ लाख ८३ हजार (५५ प्रतिशत) र पुँजीगत तर्फ १८ करोड ५७ लाख १४ हजार ८ सय ८२ रकम (४५ प्रतिशत) गरी कुल ४१ करोड ८ लाख ९७ हजार ८ सय २२ रकम बराबरको कार्यक्रम प्रस्तुत गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालले नेपाल बहसलाई बताए ।
उनले भने, ‘‘पालिकाले पुर्वाधार विकास,कृर्षि, स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटनलाई विषेश महत्वका साथ हेरेको छ भने आ.व. ०७६/७७ लाई शुन्य बेरुजु वर्ष बनाउने समेत लक्ष्य समेत रहेको छ ।’’
विकट भुभाग रहेको कालिगण्डकी गाँउपालिकाको समानुपातिक विकासमा आफुहरु लागिपरेको गाँउपालिका अध्यक्ष खिम थापाले बताए । गाँउपालिकामा सात वटा वडाहरु रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार