खोला र नदीको दूषित पानी पिउने बाध्यता हटाउन रिचार्ज पोखरी निर्माण
इन्द्र रिजाल
असार १४, २०७६ शनिबार १५:३९:२७
अछाम । जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोगलगायत कारणले पानीका मुहान सुक्दै गएपछि साँफेबगर नगरपालिकाले ‘मुहान संरक्षण अभियान’ थालेको छ ।
सुख्खायाममा मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि नगरपालिकाले पोखरी निर्माण गर्न थालेको छ । साँफेबगर–१३ बाब्लामा रु पाँच लाखको लागतमा पोखरी पुनःनिर्माण गरिएको छ ।
यस्तै पुरिँदै गएको शुभदहको पनि पुनःनिर्माण गरिएको साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए । दुई दशक अघिसम्म भरिभराउ रहने शुभदह अहिले रित्तो छ । त्यस वरिपरि पानीको मुहान सुक्दै गएका छन् ।
बाब्ला पर्यटन तथा धार्मिक पूर्वाधार समितिका अध्यक्ष रुपबहादुर कुँवरले शुभदहको संरक्षणका लागि नगरपालिकाले सहयोग गरेपछि तालको पूरै माटो निकालिएको बताए। “अब वर्खामा पानी जम्मा गरेर ताल पुरानै अवस्थामा ल्याउँछौँ”, उनले भने । वर्खाको पानी पोखरीमा जम्मा गर्न ‘रिचार्ज पोखरी’ निर्माण गरिएको साँफेबगर–१३ बाब्लाका अध्यक्ष सागरसिंह बाब्लीले बताए ।
यस्तै चालू आवमा साँफेबगर नगरपालिका–८ चण्डिकास्थित बयालपाटामा पुरिएको अवस्थामा रहेको दयाखालको पनि संरक्षण गरिने नगर प्रमुख कुँवरले बताए ।
सङ्घीय सरकारबाट समेत साँफेबगर–१३ बाब्लामा रिचार्ज पोखरी निर्माण तथा जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रमका लागि रु ७२ लाख बजेट उपलब्ध भएको कुँवरको भनाइ छ । रिचार्ज पोखरी निर्माण तथा पुरिएका पोखरी निर्माणका लागि आगामी आवमा रु २० लाख विनियोजित गरिएको छ ।
“नगरपालिकाको अन्य स्रोतबाट र प्रदेश सरकारबाट प्राप्त हुने थप करीब रु ३० लाख रिचार्ज पोखरी निर्माण गर्न खर्च गरिने छ,” नगर प्रमुख कुँवरले भने । चौधवटै वडामा पुराना पोखरी निर्माणसँगै आवश्यकताका आधारमा रिचार्ज पोखरी निर्माण गरिने उनले बताए ।
खोला र नदीको दूषित पानी पिउने बाध्यता हटाउन रिचार्ज पोखरी निर्माण गर्न थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइतिहासकार एवं प्राज्ञ ज्ञानमणि नेपालको निधन
जेठ १, २०८१ मंगलबार
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१ मंगलबार
नेपाली युवकको मलेसियामा मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार