Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन्।अर्थमन्त्री खतिवडाले पुँजी बजार सञ्चालनमा सरकारले नरोके पनि त्यसले राम्रोसँग काम नगरेको बताए । उनले अब पुँजी बजारलाई कडा निगरानी राख्ने पनि स्पष्ट पारेका छन्।

मंगलबारबाट काठमाडौंमा सुरु भएको वित्तीय साक्षरतासम्बन्धी वृहत् अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपालमा पनि पुँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नु परेको पनि स्पष्ट पारेका छन्।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पुँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिनु भए। वैदेशिक रोजगारीमा गएका ५० लाखभन्दा बढी युवाका परिवारले वित्तीय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाबारे जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

Advertisement

उनले महिलाहरु पनि वित्तीय कारोवारमा संलग्ने हुने क्रम बढकाले उनीहरुलाई साक्षर बनाउन लगानी गर्नुपर्नेमा जोड दिए। अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराएका छन्।

नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ २ दिने अन्तराष्ट्रिय सम्मेलन गरेको हो। सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाइल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रलिया, भुटानसहितका पूँजी बजारका विज्ञ र लगानीकर्ता सहभागी छन् ।

Advertisement