जनसंख्या ३ करोड उद्योग प्रतिष्ठानको संख्या नौ लाख मात्र
इन्द्र रिजाल
असार १८, २०७६ बिहिबार ०:४९:५१
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गरेको छ । देशको आर्थिक वृद्धिलाई मजबुत बनाउन आर्थिक तथ्यांकलाई सबल तुल्याउनु आवश्यक रहेको छ । आर्थिक तथ्यांकको आधारका रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघसंस्था आदि जस्ता प्रतिष्ठानहरू (आर्थिक एकाईहरू) को विवरण संकलन गर्ने उद्देश्यले केन्द्रीय तथ्याङ्क विभागले मिति २०७५ साल वैशाख १ गते देखि ०७६ जेष्ठ ३१ गतेसम्म नेपालको प्रथम राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरी हाल सो गणनाको प्रतिवदेन सार्वजनिक गरेको हो । विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालयहरू स्थापना गरी आर्थिक गणना तथ्याङ्क संकलन कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको थियो ।
देशमा आर्थिक तथ्यांकको आधार खडा गर्नु यस गणनाको मुलभूत लक्ष्य रहेको छ भने प्रतिष्ठान तथा व्यवसायहरूको व्यावसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्थाका आधारभूत तथ्याङ्कहरू उपलब्ध गराउनु, केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्कहरू उपलब्ध गराउनु, राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण, तथ्याङ्कीय व्यावसायिक रजिष्टरको निर्माण, सम्बन्धित क्षेत्रका व्यवसायीहरू र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्याङ्क प्रयोगकर्ताहरूलाई क्रमशः व्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न र अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने तथ्याङ्कहरू उपलव्ध गराउनु आर्थिक गणनाका उद्देश्यहरू किटान गरिएका थिए ।
यस गणनामा सबै आर्थिक क्रियाकलापका अन्तर्राष्ट्रिय स्तर औद्योगिक वर्गीकरण (International Standard Industrial Classification of All Economic Activities) मा उल्लेख भए अनुसारका नेपालमा सञ्चालन भएका वा क्रियाशिल क्षेत्रहरुलाई क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान व्यवसायहरूलाई गणनामा समेटिएको छ ,जुन यसप्रकार रहेका छन् :
(१) कृषि, वन तथा माछापालन व्यवसाय (दर्ता भएका प्रतिष्ठान मात्र),
(२) खानी तथा उत्खनन्;
(३) औद्योगिक उत्पादन;
(४) विद्युत, ग्याँस, वाफ तथा वातानुकुलित आपूर्ति;
(५) पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप
(६) निर्माण; राष्ट्रिय आर्थिक गणना
(७) थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत;
(८) यातायात तथा गोदाम;
(९) आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलाप;
(१०) सूचना तथा सञ्चार;
(११) वित्तीय तथा बीमा सम्बन्धी क्रियाकलाप;
(१२) घरजग्गा कारोबारका क्रियाकलाप;
(१३) पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप;
(१४) प्रशासनिक तथा सहयोगी क्रियाकलाप;
(१५) शिक्षा;
१६) मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप;
(१७) कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप;
(१८) अन्य सेवा
गणनामा माथि उल्लेखित क्रियाकलापहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूको ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पुँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलबज्याला खर्च आदि सम्बन्धी विवरणहरू संकलन गरिएका थिए ।
नेपालको तथ्यांकीय इतिहासमा प्रथमपटक यस गणनामा कागजी प्रश्नावली फारामका साथै अनलाइन सर्वेक्षण (ecensus) मार्फत उत्तरदाताले आफ्नो प्रतिष्ठानको विवरण आफै भर्न सक्ने र गणक मार्फत ट्याव्लेट कम्प्युटर (CAPI) प्रयोग गरी गणना गर्न सकिने विधि अपनाइएको थियो ।
आर्थिक गणनाको स्थलगत तथ्यांक संकलन कार्यका लागि जिल्ला व्यवस्थापन कर्मचारीहरू, सुपरिवेक्षक, गणकहरू सहित करिब ४५०० गणना कर्मचारीहरू संलग्न रहेका थिए । नेपाल सरकारको आफ्नै स्रोत साधनमा राष्ट्रिय आर्थिक गणना २०७५ का कार्यक्रमहरू सञ्चालन गरिएका थिए । यस आर्थिक गणना सञ्चालन गर्न क्षमता विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) को प्राविधिक सहयोग रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार