fbpx

सरकारले लोकतन्त्र विरोधी काम गर्दै गए आन्दोलन गर्ने सभापति देउवाको चेतावनी



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लोकतन्त्र विरोधी काम गर्दै गए कडा आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने चेतावनी दिएका छन् ।

बलबहादुर राईको नवौं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको भन्दै अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजे आन्दोलन गर्ने चेतावनी दिए ।

प्रेस काउन्सिल, मानब अधिकार आयोग लगाएतका क्षेत्रमाथि सरकारले अंकुश लगाउन खोजेको भन्दै उनले लोकतन्त्र विरोधी विधेयक सरकारले फिर्ता लिनुपर्ने बताए । कांग्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि २००७ सालदेखि लड्दै आएको पार्टी भएको भन्दै उनले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा विगतमा कांग्रेसले राणा, राजा र पञ्चायत हटाएको धारणा राखे ।

उनले जनताका अधिकार, न्यायालय, प्रेस, मानव अधिकार आयोगमाथि हस्तक्षेप नगर्न आग्रह पनि गरे । कार्यक्रममा कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल लगाएतका नेताहरुले बल बहादुर राईको योगदानको चर्चा गरेका थिए ।


सम्बन्धित समाचार