जनसहयोगमा प्रहरीका भवन धमाधम बन्दै
इन्द्र रिजाल
असार २२, २०७६ आइतबार १९:२५:८
भद्रपुर । पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल बलियोसँग लगाएर बस्थे ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा पोस्ट बढाएकाले अहिले चोरी र डकैतीका घटना निमिट्यान्नै भएको छ ।भारतको सीमावर्ती किसानगञ्जमा बसेर नेपालमा शृृङ्खलाबद्ध डकैती गराउने योजनाकार मोहम्मद जमिललाई तीन वर्षअघि नेपाल प्रहरीले पक्राउ गरेर कारागार पु¥याएपछि सो क्षेत्रमा डकैती शून्य भएको हो ।
सुरक्षाका कारण स्थानीयवासीले ढुक्कले बस्न पाए पनि त्यस क्षेत्रमा रहेका सुरक्षाचौकी भने पूर्वाधार अभावमा ढुक्कले बस्न पाएका छैनन् ।
अस्थायी क्याम्पमा दुःखले बसेर जनताको सुरक्षामा रातोदिन तल्लीन सुरक्षाकर्मीका लागि स्थानीयवासीले सहयोग जुटाएर ब्यारेक र भवन बनाउन थालेका छन् ।
कचनकबल गाउँपालिका–६ मा नेपाल प्रहरीको चौकी छ । साँघुरो भवनमा कोचिएर बस्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा स्थानीयवासीको सहयोगसमेत जुटाएर गाउँपालिकाको रु १० लाखको लागतमा कार्यालय र ब्यारेक भवन निर्माण गरिएको छ ।
जनस्तरबाट भवन निर्माणका लागि गठित समितिका अध्यक्ष नारद अधिकारी भन्छन्, “प्रहरीले हामीलाई रातोदिन खटेर चोर डाँकाबाट सुरक्षा गरेकाले हामी सबै मिलेर प्रहरीको ब्यारेक र अफिस बलियो बनाइदिएका छौँ ।”
जनसहयोगमा निर्मित एकतले दुई कोठे पक्की भवन उद्घाटनको पर्खाइमा रहेको जनाउँदै बनियानी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक उदयशम्शेर राणा स्थानीयवासीसँग प्रहरीको सम्बन्ध सुमधुर भएको बताउछन् । ।
दक्षिणी झापाको भद्रपुर–२ जुनेली बस्तीमा सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि स्थानीयवासीले १० कट्ठा जग्गा उपलब्ध गराएकामा प्रदेश नं १ सरकारले भौतिक संरचना बनाउन थालेको छ ।
सशस्त्र प्रहरी निरीक्षक महेश कटुवालले अफिस, कमाण्डर भवन, मेसलगायत संरचना निर्माणाधीन अवस्थामा रहेको बताउछन् । उनका अनुसार सो क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भइसकेपछि डकैतीका कुनै पनि घटना भएका छैनन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी पाँच हजार जनालाई रोजगारी दिने घोषणा
जेठ १, २०८१ मंगलबार