fbpx

सशस्त्रमा व्यापक सरुवाको तयारी



नेपालबहस संवाददाता
 




काठमाडौं । सशस्त्र प्रहरी बलमा सरुवाको व्यापक तयारी भइरहेको छ । केही दिनअघिमात्रै डीआईजी तहका अधिकृतहरूको सरुवा भइसकेको छ । अब एसएसपीदेखि सिपाहीसम्मको सरुवा तयारी भइरहेको स्रोत बताउँछ ।

सबैभन्दा बढी दबाब र चलखेल एसपी र बिओपीका निरीक्षकहरूमा बढी रहेको छ भने भन्सार र राम्रा गुल्मका डिएसपी एवम् लेखापाल र लेखा अधिकृतहरूको सरुवामा पनि त्यस्तै दबाब र चलखेल भइरहेको छ । एसएसपी दर्जाका अधिकृतहरूका लागि ककनीस्थित यूएनमिसन तालिम केन्द्र, पोखरास्थित लामापाटन, बर्दघाट, नेपालगञ्ज अत्यन्तै राम्रा मानिन्छन् । यी स्थानहरूमा जानका लागि केही एसएसपीहरूको चलखेल पनि व्यापक भइरहेको छ ।

सशस्त्रमा यसअघि एसएसपीमा बढुवा भएका ६ जनामध्ये ३ जनाले राम्रो ठाउँ पाइसकेका छन् । पहिलो नम्बरमा बढुवा भएका अभि खत्री, ४ नम्बरका दुर्गा भट्टराई र ६ नम्बरका राजेन्द्र शाक्यले ठाउँ पाएका छैनन् । राजेन्द्र शाक्य २ नम्बर प्रदेश बाहिनी बर्दिवासमा कार्यरत छन् भने दुर्गा भट्टराई मुख्यालय हलचोकमा छन् । त्यसैगरी अर्का अभि खत्री ४ नम्बर बाहिनीमा कार्यरत छन् । खत्री एकै वर्षमा ३ ठाउँमा सरुवा हुने अधिकृतका रूपमा चिनिन्छन् । त्यो सरुवा पनि प्रमुखका रूपमा नभएर बाहिनीमा सेकेण्ड हाकिमका रूपमा । २ नम्बरका शम्भु सुवेदी बर्दघाट तालिम केन्द्रमा कार्यरत छन् भने ३ नम्बरका गणेश ठाडामगर ककनीस्थित यूएन तालिम केन्द्र र ५ नम्बरमा बढुवा भएका कमल गिरी नेपालगञ्ज तालिम केन्द्रमा प्रमुखका रूपमा कार्यरत छन् ।

सशस्त्र प्रहरीले नयाँ आर्थिक वर्षको तलब रासन खानेगरी सरुवा गर्ने परिपाटी बसाल्दै आएको छ । भवितव्य केही परेका खण्डमा जुनसुकै बेला सरुवा हुने भए पनि सामान्यतया सरुवा गर्ने समय भने नयाँ आर्थिक वर्षको सुरुवातसँगै हो । जसका कारण एउटा थिति भने सशस्त्रमा बसेको छ ।


सम्बन्धित समाचार