खड्गप्रसाद ओली
Advertisement

काठमाडौं । दुई तिहाई समर्थनमा निर्माण भएको खड्गप्रसाद ओली सरकार विस्तारै निरिह बन्दै गएको छ । सरकारको कार्यशैलीप्रति सत्तापक्षीय भातृसंस्था नै सडकमा ओर्लन थालेका छन् । सरकारी निर्णयले जनमानसमा नकारात्मक प्रभाव पारेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) नै विरोधमा ओर्लिएको छ । सरकारले गरेको निर्णयको सत्तापक्षीय भातृ संगठनले नै अवज्ञा गर्न थालपछि ओली सरकारको भविष्य नै संकटमा परेको हो ।

आज सोमबार देशका विभिन्न भन्सार नाकामा गई अनेरास्ववियूका नेताहरुले भन्सार प्रमुखसँग भेट गरी सरकारी निर्णयको अवज्ञा गर्ने चेतावनी दिएका छन् । नाकाबाट बिना परीक्षण तरकारी र फलफूल भित्रन दिइयो भने तोडफोड समेत गर्ने चेतावनी दिएको एक भन्सार प्रमुखले नाम नबताउने शर्तमा नेपालबहसलाई जानकारी दिए । साथै सीमावर्ती क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत परिक्षण नगरी कुनैपनि तरकारी एवं फलफुलहरु नभित्र्याउन आग्रह गरेका छन् । जवर्जस्ती गरिए तोडफोड हुने विद्यार्थी नेताहरुले बताएको भनाई एकजना प्रजिअको छ ।

यही असार २ गते सरकारले जनस्वास्थमा प्रभाव पार्ने विषादीयुक्त तरकारी तथा फलफूल नियन्त्रण गर्न रुचि देखायो । मन्त्रिपरिषदबाट निर्णय गरी भारतीय नाकाबाट भित्रिने सबै तरकारी तथा फलफूलको विषादी परीक्षण अनिवार्य गरियो । यो निर्णयको सबैतिरबाट स्वागत भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत सरकारको यो निर्णय सही हो भन्यो । तर भारतीय पक्षबाट भने यसको चर्काे विरोध भइरहेको थियो । नेपाल सरकारलाई निर्णय फिर्ता लिन भारतीय पक्षले आग्रह गरेपनि जनस्वास्थको विषयमा पछि नहट्न सबैले सुझाएका थिए ।

तर अकस्मात ओली सरकारले जनभावना विपरित पूर्व निर्णयबाट पछि हट्न पुग्यो । भारतीय पक्षको विरोधका अघिल्तिर ओली झुक्न विवश भए ।  सरकारको यो निर्णयको सर्बत्र विरोध भइरहेको छ । प्रतिपक्षी कांग्रेसले सदन र सडकमै आवाज उठाएको छ । सत्ता पक्षका नेता कार्यकर्तासमेत सरकारको यो निर्णयप्रति क्षुव्ध देखिएका छन् ।

Advertisement

आज सोमबार देशका विभिन्न भन्सार नाकामा गई अनेरास्ववियूका नेताहरुले भन्सार प्रमुखसँग भेट गरी सरकारी निर्णयको अवज्ञा गर्ने चेतावनी दिएका छन् । नाकाबाट बिना परीक्षण तरकारी र फलफूल भित्रन दिइयो भने तोडफोड समेत गर्ने चेतावनी दिएको एक भन्सार प्रमुखले नाम नबताउने शर्तमा नेपालबहसलाई जानकारी दिए । साथै सीमावर्ती क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुलाई समेत परिक्षण नगरी कुनैपनि तरकारी एवं फलफुलहरु नभित्र्याउन आग्रह गरेका छन् । जवर्जस्ती गरिए तोडफोड हुने विद्यार्थी नेताहरुले बताएको भनाई एकजना प्रजिअको छ ।

सरकारको रवैया यस्तै रहने हो भने नेकपाबाटै सरकारविरुद्ध अविश्वास प्रस्ताव नआउला भन्न सकिन्न । नक्कली राष्ट्रवादको खोल ओढेका ओलीको सक्कली अनुहार जनतामाझ दिनप्रतिदिन उदाङ्गो हुँदै गएको छ । नक्कली राष्ट्रबाद छताछुल्ल भएपछि विद्यार्थी नेताहरु थप रुष्ट भएका हुन् । त्यसैले भातृ एवं विद्यार्थी संगठन उक्त निर्णयको विरोधमा सडकमा ओर्लिएका हुन् ।

यस्तो परिवेशमा विभिन्न भन्सार नाकामा काम गर्ने सरकारी कर्मचारी भने तनावमा छन् । सरकारले लिएको निर्णय मान्ने की स्थानीयको भावनाको कदर गर्ने ? बडो अफ्ठेरो अवस्था आईपरेको एकजना भन्सार अधिकृतले नेपालबहसलाई बताए । दुई तिहाई समर्थन प्राप्त सरकार भएपनि यसले जनहितका लागि कुनै काम गर्न नसकेको भन्दै पार्टीका शीर्ष नेताहरु सार्वजनिक रुपमै विरोधमा उत्रिएका छन् ।

नेकपाका एकजना शीर्ष नेताले अनौपचारिक कुराकानीमा भने अब त केपी कम्रेडको ज्यादती अति नै भो । यस्तो भ्रष्ट र लम्पसारवादी सरकारलाई काँध हाल्न गाह्रो भो । विकल्प नखोज्ने हो भने जनतामा निराशा बढ्ने छ – ती नेताले भने । सरकारले गरेको निर्णयको अवज्ञा त्यो पनि सत्तापक्षबाटै हुन थालेपछि ओली सरकारको हैसियतमा नै प्रश्न खडा भएको छ ।

सरकारको रवैया यस्तै रहने हो भने नेकपाबाटै सरकारविरुद्ध अविश्वास प्रस्ताव नआउला भन्न सकिन्न । नक्कली राष्ट्रवादको खोल ओढेका ओलीको सक्कली अनुहार जनतामाझ दिनप्रतिदिन उदाङ्गो हुँदै गएको छ । नक्कली राष्ट्रबाद छताछुल्ल भएपछि विद्यार्थी नेताहरु थप रुष्ट भएका हुन् । त्यसैले भातृ एवं विद्यार्थी संगठन उक्त निर्णयको विरोधमा सडकमा ओर्लिएका हुन् ।

ओली सरकारको कार्यशैली यस्तै रहने हो भने लामो समय सत्तामा टिक्न मुश्किल देखिएको छ । सत्तारुढ दलकै नेता कार्यकर्ता सरकारविरोधी मोर्चामा अग्रसर भएकाले ओली सरकारको दिनगिन्ती सुरु भएको हो की भन्ने आंकलन गरिएको छ ।

Advertisement