सामुहिक खेतीमा गल्याङ नगरपालिका
इन्द्र रिजाल
असार २४, २०७६ मंगलबार २३:४१:१३
स्याङ्जा । नेपाल सरकारले खेतबारी बाँजो राख्न नपाईने नीति अगाडि बढाएका बेला गल्याङ् नगरपालिकाले सामुहिक कृषि खेती कार्यक्रम अगाडि सारेको छ । अर्गानिक उत्पादन सगै बाँजो जमिनको सदुपयोग गर्न नगरपालिकाले यो अभियान अगाडि बढाएको हो ।
गल्याङ नगरपालिका वडा नम्वर १० भौगोलिक दृष्टिकोणले पनि अत्यन्तै विकट वडाको रुपमा रहेको छ । मकै, धान, कोदो, गहुँ उत्पादन हुने यो वडामा बाँदरका कारण खेतवारी बाँजो अवस्थामा रहेका छन् । वडाले बाँदरले नष्ट नगर्ने कृषिको पहिचान गरी गतबर्षदेखि कागती, कुिरलो खेतीसगै यो बर्षबाट सामुहिक टिमुर खेती लगाउन किसानलाई जगाउन थालेको छ ।
वडा अध्यक्ष पंगेनीले भने,“बाँदरबाट जोगिन सक्ने उत्पादनलाई मात्रै हामीले जोड दिएका छौं ।” किसानलाई कृषि उत्पादनका लागि पानी बाधक बनेको थियो नै त्यो माथि फेरी पछिल्लो समय बाँदर बाधक बनेको छ पंगेनीले भने । बन्यजन्तुले नष्ट गर्न नसक्ने खेतीतर्फ आर्कषित गर्न यो पटक सामुहिक टिमुर खेती लगाउन शुरु गरेको अध्यक्ष पंगेनीले बताए ।
उत्पादनको मात्र हेरेर कुन क्षेत्रमा के खेती लगाउदा उत्पादन हुन्छ भन्ने परिक्षण गरी सोही खेतीमा किसानहरुलाई खेती लगाउन लगाएको वडा अध्यक्ष ध्रुव शर्मा पंगेनीले बताए । टोल अनुसार किसानलाई विभिन्न खेती लगाउन आग्रह गरेका छौं, वडा अध्यक्ष पंगेनीले भने,“बाँदरबाट जोगिन सक्ने उत्पादनलाई मात्रै हामीले जोड दिएका छौं ।” किसानलाई कृषि उत्पादनका लागि पानी बाधक बनेको थियो नै त्यो माथि फेरी पछिल्लो समय बाँदर बाधक बनेको छ पंगेनीले भने । बन्यजन्तुले नष्ट गर्न नसक्ने खेतीतर्फ आर्कषित गर्न यो पटक सामुहिक टिमुर खेती लगाउन शुरु गरेको अध्यक्ष पंगेनीले बताए ।
साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै सामुहिक टिमुर खेतीमा लाखुडाँडाबासी अहिले लागेका छन् । बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जन समेत गर्न सकिने भएकाले सामुहिक टिमुर खेतीमा लागेका छौं स्थानीय लिला सारुले भनिन्,“बाँदरले खेतीपाती नष्ट गरेर हैरान पारेपछि बाँजो राखेका थियौं ।” यो खेती बाँदरले खादैन भन्ने सुनेर टिमुर लगाउन थाल्यौ सारुले भनिन् ।
यहाँका ५० घरधुरीले देवीभञ्याङ टिमुर व्यवसायिक कृषि समुह गठन गरी सामुहिक टिमुर खेती लगाएका छन् । पछिल्लो समय बन्यजन्तुले अन्नबाली तथा फलफूलहरु खाईदिने गरेकाले टिमुर खेती लाभदायक हुने सारुको विश्वास छ । हामी टिमुर खेतीमा जागरुक छौँ अर्का किसान टेकबहादुर सिंजालीले भने,“टिमुर खेतीको संभावना देखिएकाले टिमुर खेती लगाउन शुरु गरेका हौं ।” अघिल्लो वर्ष वडामा ७ सय टिमुरका विरुवा परिक्षणका रुपमा लगाईएको र टिमुरका लागि चाहिने हावापानी समेत यहाँ मिल्दोजुल्दो भएकाले टिमुरको संभावना देखिएको सिंजालीले बताए । विदेश जानु भन्दा यही के गराैं भन्ने लागेर टिमुर खेतीमा लागेको सिंजालीको भनाई छ । गाँउमै नर्सरी बनाएर समुहले विरुवा समेत उत्पादन गरेका छन् । सिजन अनुसार नर्सरीमा विरुवा उत्पादन गर्दै सामुहिक तरकारी खेती समेत गरेको नर्सरी उत्पादक लक्ष्मण शाहीको भनाई छ । यो पटक २५ सय टिमुरका विरुवा लगाइएको वडाले जनाएको छ ।
वडालाई अर्गानिक हबको रुपमा विकाससगै कृषिका माध्यमबाट युवालाई विदेश पलायन रोक्न सामुहिक टिमुर खेती, सामुहिक कागती खेती, कुरिलो खेतीलाई समेत वडाले प्राथामिकता दिएको अध्यक्ष पंगेनीको भनाई छ । अहिले सम्म ८ हजार कागती, ५ सय कुरिलो लगाईसकेको वडाले अर्गानिक कृषिसगै होमस्टे अवधारणा पनि अगाडि सारेको छ । किसानको माग अनुसार अनुदान दिएर उनीहरुको आर्यआर्जनमा टेवा पुग्ने अभियानलाई बढवा दिएको अध्यक्षको भनाई रहेको छ ।
मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रुपमा प्रयोग गर्दै आएको बहु उपयोगी र औषधिय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेष गरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार वनाउँदा यसको मसला अनिवार्य जस्तै मानिन्छ । टिमुरको फल वोक्रा र बीउलाई दन्त मञ्जन, सावुन, अत्तरको रुपमा प्रयोग गरिदै आएको छ । बहुउपयोगी एवं औषधिय गुण भएको टिमुरको बजार माग अधिक रहेकोले यसको खेतीवाट मनग्य आर्थिक लाभ लिन सकिने विश्वास लिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१ मंगलबार
पर्यटन महोत्सवको अवसरमा डोको र टपरी बुन्ने प्रतियोगिता हुने
जेठ १, २०८१ मंगलबार
शिक्षकले महिनामै तलब पाउने, दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थामा कडाई गरिने
जेठ १, २०८१ मंगलबार
विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने
जेठ १, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार