नाम र दामका लागि संस्कार नछाेडाैं
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार १६:८:१०
यो भनाई सत्य हो, मानिसले कहिल्यै पनि आबेस र आबेगमा नराम्रो शब्द प्रयोग गर्नु हुँदैन। हतियार र कलमले गर्न नसकेको काम बचनले गर्दछ। मानिसमा भएको घमण्डीपन भित्र यस्तो नराम्रो कुरा लुकेको हुन्छ जसले उक्त मनुष्यलाई” म गलत छु” भन्ने भावना लाई आउनै दिन्न। भनिन्छ शास्त्र हराए परम्परा हराउछ, परम्परा हराए संस्कृति हराउछ र संस्कृति हराए मानिसको अस्तित्व नै समाप्त हुन्छ तसर्थ भनिन्छ मानिसको पहिचान अस्तित्व र गहना भनेकै उसको संस्कार हो ।
जतिसुकै राम्रो कामलाई पनि सानो बचन रूपी गोलीले हत्या गर्न सक्छ। मिठो बोली र हाँसेर बोल्ने बानीले मानिसको स्वभाव जनाउँछ। जति पनि प्रख्यात व्यक्तीहरू जो मानिसको बीचमा सबैको प्यारो भएर बसेका हुन्छन् उनीहरूको बानी नै मिठो बोल्ने नै हुन्छ। मिठो बोली भाषाले हाम्रो कुलको मर्यादा शिक्षा, दिक्षा र परम्परा जनाउँछ।
यदि उसको संस्कार राम्रो हुन्छ भने त्यो मानिसको जीवन पनि सफल हुन्छ । यहि संस्कारको आधारमा उसले आफ्नो समाजमा मीठो बोली बचनबाट इज्जतका साथ समाजमा अजम्मरी नाता र साइनो गाँस्दै दुई दिने साइनो रुपी यो पञ्च तत्वले बनेको शरीर भौतिक रुपबाट बिदा नहुन्जेल समाज, साथी–भाइ, नातागोता सबैसँग मिठो बोली र व्यवहार गर्नु पर्छ । आमाको गर्वमा कोही सात महिना कोही नौ महिना बसेर मनुष्य रूपमा यो धर्तीमा पाइला टेकेका हुन्छौं । यो संसारमा आउँदा खाली हात आउछौ खाली हात जान्छौ तापनि हामी दुई मुठ्ठी सास रहुञ्जेल सहि गलत नहेरी नाम र दाम कमाउन मरी मेट्दै आफ्नो खुट्टामा आफै बन्चरो हानी रहेका हुन्छौं । यो संसारमा खाली हात आएर खाली हात जान्छौ । हाम्रो यहाँ केही पनि रहन्न सिर्फ मीठो बोली र व्यवहार मात्र संसारले सम्झि रहन्छ।
बोली बचन र व्यवहारले संसार खाने हुनाले सधैँ मिठो बोली र व्यवहार गर्ने प्रयास गरौं जसले दुई दिने जीवन सुखमय बनाउन मद्दत गर्छ। जतिसुकै राम्रो कामलाई पनि सानो बचन रूपी गोलीले हत्या गर्न सक्छ। मिठो बोली र हाँसेर बोल्ने बानीले मानिसको स्वभाव जनाउँछ। जति पनि प्रख्यात व्यक्तीहरू जो मानिसको बीचमा सबैको प्यारो भएर बसेका हुन्छन् उनीहरूको बानी नै मिठो बोल्ने नै हुन्छ। मिठो बोली भाषाले हाम्रो कुलको मर्यादा शिक्षा, दिक्षा र परम्परा जनाउँछ।
त्यसैले सबैले चाहे बच्चा होस् वा बुढा सबैले मिठो बोल्नै पर्छ। मिठो बोलीले सबैको मनमा राज गर्न सकिन्छ जो मान्छेले मिठो बोल्छ उ सबैको प्यारो र प्रिय हुन्छ। आजभोली रेडियो, टेलिभिजन जस्तो कार्यक्रम संचालन गर्न मीठो बोली भन्दा संचालन गर्ने प्रत्रकारहरु वा अन्य जो कोही पनि मीठो बोली बचनभन्दा रूखो बोल्ने बानी नै भैसकैकोले यी कार्यक्रम मानिसहरू खासै रूचाउँदैनन्। यो रूखो बचन बोलि सून्नु भन्दा त बरू मिठो स्वरको घनी लता मंगेसकरको गीत सुनेर खुसी र आनन्दित हुन्छन् ।
त्यस्तै गरि हाम्रो प्रकृतिमा रहेको झरना, हावा, रूखको सरसराहट सबैको आवाज मधुर र आनन्दित हुन्छ। जापानी बिदृवान रिहो ओकावाको भनाइ अनुसार मानिसले धेरै बोल्यो र रुखो बोल्यो भने उसको मन मस्तिष्क थाक्दछ जिब्रो थाक्छ जसले गर्दा उसले राम्ररी काम गर्न सक्दैन । जसको कारण उ आलोचना र हाँसोको पात्र बन्न पुग्छ। साथै छिटो-छिटो र नरोकीकन बोल्ने बानी भएको मानिसले कहिल्यै वाणिमा कन्ट्रोल गर्न सक्दैन । जसको कारण उसले जे पनि बोल्छ भने यस्तो मानिसको सर्बत्र आलोचना भएको पाइन्छ।
भगवान महाबीरले बाणीको बारेमा भन्नु भएको छ सोचेरबोलौं, कम बोलौं, बिस्तारै बोलौं र सघैं सत्य बोलौं। तसर्थ हाम्रो धर्म संस्कार आदिले नि सत्य र मिठो बोलीले संस्कार जनाउदछ भनेको छ । त्यसले बोलीलाई मधुर मिठो र सत्य बनाउन प्रयास गरौ वाणिमा मधुरता नहुँदा युद्ध सुरु हुन्छ भन्ने मान्यता छ। तसर्थ गौतम बुद्धलै जिब्रो लाई एउटा तरवारसँग दाँजेर यसलाई कन्ट्रोल गरिएन भने यसको कारणले तरवारले काटेको भन्दा बढि पीडा र चोट खानुपर्छ भन्नु भा’छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
क्रुज जहाज मार्फत चीन भित्रिने पर्यटकलाई भिसा मुक्त प्रवेश अनुमति
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने
जेठ २, २०८१ बुधबार
चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जेठ २, २०८१ बुधबार