कतै बाढी त कतै खडेरी,रोपाइँ भएन खेत बाँझै
इन्द्र रिजाल
साउन १, २०७६ बुधबार १९:२५:५०
काठमाडौं । तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् ।
कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । मानो खाएर मुरी उब्जाउने विशेष समयका रुपमा लिइने असार बिदा भइसके पनि पानी नपर्दा रोप्नका लागि तयार गरिएको बीउ छिप्पिएका कारण कृषकहरू चिन्तामा छन् ।
पोखरा र आसपासका क्षेत्रमा विगतमा सामान्यतः साउन अगावै सम्पूर्ण रोपाइँ सक्ने गरिए पनि यस वर्ष पानीकै अभावमा कतिपय ठाउँमा रोपाइँ हुन नसकेको कृषकहरू बताउँछन् । “विगतका वर्षमा जस्तै असारको पहिलो साता रोपाइँ गर्ने गरी बीउ छरेका थियौँ”, कास्कीको भरतपोखरीका कृषक श्याम लामिछानेले भने, “खै असार सकियो, बीउ पनि डढिसकेको छ, पानी भने आउँदैन ।”
पानी नआएपछि खेत बाँझै हुन्छ कि भन्ने चिन्ता थपिएको बताउँदै उनले रोपेका ठाउँमा पनि पानी नपरेका कारण खेत सुक्दै गएको बताए । “कतै बाढी त कतै खडेरी, मारमा पर्ने भनेको खेती गरेर खाने कृषक र सर्वसाधारण नै हो”, उनले थपे ।
लामिछाने जस्तै यतिखेर धेरै कृषक रोपाइँ गर्न नपाएर चिन्तामा छन् । जसोतसो रोपिसकेका खेतमा पनि आकाशे पानी नपरेको र मूल नफुटेका कारण रोपो सुक्ने समस्या बढिरहेको कृषकहरूको दुःखेसो छ ।
गण्डकी प्रदेशमा कूल एक लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको गण्डकी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले जानकारी दिए । उनका अनुसार यस वर्ष हालसम्म सबैभन्दा बढी कास्की र स्याङ्गजा जिल्लामा ८० प्रतिशत रोपाइँ भएको छ । कास्की र स्याङ्गजामा क्रमशः २६ हजार ५० र १८ हजार ३० हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ ।
त्यस्तै सबैभन्दा कम गोरखा जिल्लामा ४५ प्रतिशत मात्र रोपाइँ भएको छ । गोरखामा १७ हजार ७७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । हालसम्म लम्जुङमा र म्याग्दीमा ५५ प्रतिशत रोपाइँ भएको छ । लम्जुङमा १५ हजार ८०४ हेक्टरमा धान रोपिन्छ भने म्याग्दीमा चार हजार हेक्टरमा रोपिन्छ ।
त्यस्तै तनहुँमा रोपाइँ हुने १९ हजार ४४५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकामा जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । गण्डकी प्रदेशका नवलपरासी, पर्वत र बाग्लुङमा ७० प्रतिशत रोपाइँ भएको छ । नवलपरासीमा २४ हजार हेक्टर, पर्वतमा नौ हजार ६०५ हेक्टर र बाग्लुङमा छ हजार २० हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।
प्रदेशअन्तर्गत यहाँका हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती खासै गरेको पाइँदैन । गण्डकी प्रदेशको कास्की र स्याङ्गजा जिल्ला अत्याधिक पानी पर्ने स्थान भएका कारण अन्यका तुलनामा बढी प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्गजाका प्रमुख लोकेन्द्र बोहोराले बताए ।
कास्कीकै पटनेरी क्षेत्रका अधिकांश खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानी नपरेका कारण मूलहरू नफुट्दा रोपो सुक्ने समस्या थपिएको कृषकहरू बताउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार