गत आबमा स्याङ्जामा करोडाैं बजेट रकम फ्रिज
इन्द्र रिजाल
साउन ५, २०७६ आइतबार २१:१७:४६
स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०७५/०७६ मा संघीय सरकारबाट प्राप्त रु.५ अर्ब ६८ करोड ५१ लाख ९ हजार ४ सय ६९ रुपैयाँ अर्थात ९८ प्रतिशत खर्च भएर रु. १० करोड ९२ लाख ३९ हजार ४ सय १२ रुपैयाँ फ्रिज भएको छ । संघबाटै प्राप्त पुँजीगत खर्चमा रु.५९ करोड २८ लाख ५४ हजारमा ७८.६४ प्रतिशत खर्च हुँदा रु.१२ करोड ६६ लाख १५ हजार ५८ रुपैयाँ फ्रिज भएको छ ।
कुल बजेट रु.६ खर्ब २७ करोड ७९ लाख ६३ हजार ४ सय ६९ रुपैयाँमा ९६.२४ प्रतिशत खर्च भएकोमा असार महिनामा मात्रै बजेटको १४.६२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले सोहि वर्ष दिएको चालु खर्च रु.४७ करोड ६० लाख ८४ हजार ९ सय ९८ रुपैयाँ मध्ये ८२.३४ प्रतिशत खर्च हुँदा रु.८ करोड ४० लाख ६९ हजार ५ सय ५२ रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारको पुँजीगत तर्फ रु. १ अर्ब ७ करोड ६७ लाख १९ हजार प्राप्त भएकोमा ८६.४२ खर्च भएर रु. १४ करोड ६१ लाख ७० हजार १ सय ५३ रुपयाँ फ्रिज भएको लेखा कार्यालयले जनाएको छ ।
बजेट कायान्वयन गर्ने सरकारसँग तोकिएको समयसीमा नहुँदा सरकारी निकायले जथाभावी खर्च गर्ने परम्परालाई निरन्तरता दिएका छन् । फलस्रुप प्रदेश सरकारबाट प्राप्त चालु खर्च शिर्षक बजेटको ४३.२९ प्रतिशत असार महिनामै सकिएको छ । पुँजीगत खर्चतर्फ भने असार महिनामा १३.५८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक खेमराज घिमिरेले बताए ।
आर्थिक वर्ष २०७५/०७६ मा जिल्लास्थित सरकारी कार्यालयले पुँजीगत खर्च भने सन्तोषजनक गरेका छन् । सामान्यतया चालु खर्च धेरै गर्ने कार्यालयले पुँजीगत खर्च समेत सन्तोषजनक गरेका हुन । संघ अन्र्तगतका ६ कार्यालय र प्रदेश मतहतका ४ कार्यालयले मात्रै ८० प्रतिशत भन्दा कम पुँजीगत खर्च गरेका छन् ।
संघ र प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला ११ स्थानीय तहलाई दिएका रु. ४ अर्ब २८ करोड ८८ लाख २२ हजार १ सय ९६ रुपैयाँको ९९.१२ प्रतिशतले हुन आउने रु. ४ अर्ब २५ करोड १२ लाख २७ हजार ८ सय ५१ रुपैयाँ खर्च गरेका छन् । रु.४ करोड ३ लाख पुँजीगत भने शतप्रतिशत खर्च गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार