धर्म र धर्म निरपेक्षाता एउटै कुरा हाेइन
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार २१:२०:१६
धर्म निरपेक्षताकाे बिषयमा आज नेपालमा बहसको सृजना भएको छ । धर्म निरपेक्षको बारेमा नेपाली जनता र राजनीतिक नेतृत्वमा केही अलग किसिमको सोचाइ पाइएको छ । जसले गर्दा मैले एउटा सार्थक जानकारी दिन आवश्यक महशुस गरेको छु ।
सर्वप्रथम धर्म निरपेक्षता के हो ? सो बिषयमा जानकारी हामीलाई हुनै पर्छ । धर्म र निरपेक्ष दुई वटा शब्द मिलेर धर्म निरपेक्षता बनेको हो । सबैभन्दा पहिला धर्म बारे बुझौं । धर्म को विभिन्न मतलबहरू रहेको छ । धृती =धैर्य, क्ष–क्षमा =माफ, दम=आत्म नियन्त्रण (मनको नियन्त्रण), अस्तेय महात्मा गान्धीको भनाइ अनुसार चोरी नगर्नुलाई अस्तेय भनिन्छ । मन, वचन र कर्मले चोरी नगर्नु, सुचिता=सफाइ अर्थात् मन, कर्म र वचनले शुद्ध हुनु तथा शारीरिक शुद्धी सहित शुद्ध हुनु, इन्द्रीय नियन्त्रण, घी =बुद्धी, विद्या र बचनमा शुद्ध हुनु नै धर्म हो । यदि यी सबै कुराबाट विरक्त हुनु, उदास हुनू वा अलग हुनु नै धर्म निरपेक्षता हो ।
अंगेँजी शब्दको Religion र भारोपेली शब्द को धर्मको अर्थ फरक रहेको छ भन्ने बुझ्न जरुरी रहेको छ । धर्म अन्तर्राष्ट्रिय शब्द होइन यो सिर्फ भारतीय शब्द हो । religion शब्द बिश्वको शब्द हो । तसर्थ धर्म र Religion शब्दमा फरक रहेको कुरा राजनीतिशास्त्रले जनाउँदछ । त्यस्तो हो भने हाम्रो संविघानमा उल्लेखित, नेपाल र नेपालीको माझ सर्वाेत्तम चर्चित विषय धर्म निरपेक्षता के हो ? यो जानकारी हुनु आवश्यक रहेको छ ।
नेपाल पनि धर्म निरपेक्ष राज्य नभएर पन्थ निरपेक्ष राज्य वा secular राज्य हो । यदि भारत र नेपाललाई धर्म निरपेक्ष भनेर राखिन्छ भने त्यस्तो अवस्थामा यि देशका मानव जातिले आफ्नो शाश्वत जीवन पद्धतिभित्र रहेको क्षमा, धैर्य, आत्म शुद्धि करण जस्तो प्रबृतिबाट अलग हुने हो भने मानव जीवन दानव जीवनमा परिणत हुन्छ । यदि धर्मलाई हाम्रो जीवनबाट बाहिर निकाल्ने हो भने हाम्रो जीवन पशु तुल्य हुन्थ्यो । धर्मलाई पुजा पद्धति मान्न सकिन्दैन धर्म भनेको मानवको जीवन पद्धति हो । कुनै एउटालाई पुजा गर्ने भगवान मान्ने पद्धतिलाई धर्म भन्न मिल्दैन । यो मानव धर्म हो जसको माध्यमबाट हामी साँचिकै भगवान समक्ष पुग्न सक्छौं । यसबाट हामी निरपेक्ष हुन सक्दैनौ । यो धर्म शब्द हामी हिन्दुमा मात्र लागु हुँदैन यो सम्पूर्ण मानव जातिमा लागु हुन्छ।
राज्य मानवले बनाएको संस्था हो । तसर्थ, मानव निर्मित राज्यले प्राचीन कालदेखि नै विश्वमा Religions बनायो जुन ‘रिलिजन’ हिन्दु, क्रिस्चियन, मुस्लिम, शिख आदि हुन गयो । प्रारम्भिक अवस्थामा विश्वमा रिलीजनले राज्य व्यवस्था संचालन गरिरहेको थियो । राज्यको उत्पति नै ईश्वरले गरेको हो तसर्थ राज्य संचालन गर्ने राजा अथवा शासक भनेको भगवानको प्रतिनिधि हो तसर्थ उसलाई सदैव भगवान् मान्नुपर्छ भन्ने सिद्धान्त थियो । जब दोस्रो विश्व युद्ध पश्चात संसारको राजनीति व्यवस्थामा लोककल्याणकारी राज्यको सिद्धान्त प्रारम्भ भयो । अनिमात्र लोकतान्त्रिक व्यवस्था अनुसार लोक कल्याणकारी राज्यको स्थापनाको लागि महत्वपूर्ण तत्वको रूपमा secularism अर्थात् कुनै एक रिलीजनलाई राज्यले महत्व नदिने सबै रिलीजनलाई समान व्यवहार गर्ने वा सबै प्रति समान भाव र समान दुरी कायम गर्नु नै secularism हो भन्ने व्यवस्था विश्वको विभिन्न राष्ट्रहरूले गरे । यो सिद्धान्त सन १९५१ तिर विश्वमा कायम भएको थियो । तर पनि अझै संसारका कतिपय राष्ट्रले secularism लाई प्रयोग गरेका छैनन् । पाकिस्तान, इरान, अरबका कैयन राष्ट्रहरू आज पनि मुस्लिम राष्ट्रहरू छन् । यदि कुनै राष्ट्रले आफूलाई रिलिजनको आधारमा राष्ट्रलाई हिन्दु, मुस्लिम, शिख, इसाई घाेषणा गरिन्छ भने त्यो राज्यले secularism लाई मानेका छैनन् भन्ने कुरा बुझ्नु पर्छ ।
धर्मको नाममा शासकहरूले जनतालाई तर्साउने र शासन गर्ने भएकाले लोकतान्त्रिक व्यवस्था वा प्रजातन्त्रको स्थापना पश्चात विश्वले आ–आफ्नो राष्ट्रलाई धर्म(रिलीजन)को हस्तक्षेपबाट मुक्त गर्न र कुनै रिलीजन राज्यको हुँदैन भन्दै आफूलाई धर्मबाट अलग गरे । एक धर्मलाई मात्र महत्त्व नदिई सबै धर्म प्रति समान भाव र दृष्टिकोण राख्नु नै धर्म निरपेक्षता हो भनेर विश्वमा यो विचारधारालाई परिभाषित गरिएको छ । जब भारत, नेपाल जस्ता राष्ट्रहरूमा गणतन्त्र पश्चात संविधान जारी भयो यस्तो अवस्थामा रिलीजनलाई धर्मसंग जोडी व्याख्या गरियो । जसले हिन्दु धर्म, मुस्लिम धर्म, इसाई धर्म र शिख धर्म भनि नामकरण गरियो। यहाँ हामीले बुझ्नुपर्ने सबैभन्दा मुख्य कुरा भनेको धर्म के हो नै रहेको छ।
मैले यो लेखको प्रारम्भ मै धर्म को व्याख्या गरिसकेकी छु। धर्म एक मानव जीवनलाई अनुशासित बनाउने एउटा पद्धति हो जसमा धैर्य, अनुशासन, आत्मशुद्धी, आचरण, व्यवहार आदि पर्दछ । यदि यी सबै धर्म वा पद्धतिलाई निरपेक्ष कायम गरेर राज्य संचालन हुन सक्छ र ? मानव जीवन चल्न सक्छ र ? तसर्थ पश्चिमबाट सुरु भएको secularism लाई नेपाल र भारतले रिलीजन निरपेक्षता भन्ने नबुझेर धर्म निरपेक्षता भन्ने बुझे। जब भारतको संविधानको ४२ औं संशोधन भयो तब ईङलिसमा लेखेको संविधानलाई हिन्दीमा उल्था गर्ने क्रममा बल्ल भारतीय संविघानविदहरूले secularism को अर्थ खोज्ने प्रयास गरे । धर्म निरपेक्ष भन्ने कतै भेटिएन र उनीहरूले secularism को भारतिय शब्द पन्थनिरपेक्ष भन्ने भेटे जसको कारण आज भारतको संविधानको प्रस्तावना न २ मा भारत एक पन्थ निरपेक्ष राज्य भनेर उल्लेख गरेको छ तर धर्म निरपेक्ष राज्य लेखिएको छैन ।
यस अर्थमा नेपाल पनि धर्म निरपेक्ष राज्य नभएर पन्थ निरपेक्ष राज्य वा secular राज्य हो । यदि भारत र नेपाललाई धर्म निरपेक्ष भनेर राखिन्छ भने त्यस्तो अवस्थामा यि देशका मानव जातिले आफ्नो शाश्वत जीवन पद्धतिभित्र रहेको क्षमा, धैर्य, आत्म शुद्धि करण जस्तो प्रबृतिबाट अलग हुने हो भने मानव जीवन दानव जीवनमा परिणत हुन्छ । यदि धर्मलाई हाम्रो जीवनबाट बाहिर निकाल्ने हो भने हाम्रो जीवन पशु तुल्य हुन्थ्यो । धर्मलाई पुजा पद्धति मान्न सकिन्दैन धर्म भनेको मानवको जीवन पद्धति हो । कुनै एउटालाई पुजा गर्ने भगवान मान्ने पद्धतिलाई धर्म भन्न मिल्दैन । यो मानव धर्म हो जसको माध्यमबाट हामी साँचिकै भगवान समक्ष पुग्न सक्छौं । यसबाट हामी निरपेक्ष हुन सक्दैनौ । यो धर्म शब्द हामी हिन्दुमा मात्र लागु हुँदैन यो सम्पूर्ण मानव जातिमा लागु हुन्छ।
धर्म कस्तो हुनु पर्छ भन्ने कुराको व्याख्या हिन्दुसभ्यताका ऋषिमुनिहरूले संसारलाई बताउनुभयो जसलाई गौतमबुद्ले अझ बढि प्रस्ट पारेका छन् । पछि विवेकानन्द, महात्मा गान्धीले अझै फैलाउने काम गरे । हिन्दुस्तानबाट प्रारम्भ भएको जीवन जीउने कला वा पद्धतिलाई नै हिन्दु धर्म भनियो । विश्वको जीवन पद्धति वा मानव जीवनको कला नै हिन्दू धर्म हो । यो हिन्दू धर्मलाई रिलीजन भन्न मिल्दैन । किनभने यो रिलीजनको श्रेणीमा पर्दैन । रिलीजन भनेको सिर्फ इसाई, मुस्लिम, सिख, बुद्ध धर्म आदि मात्र हो । भागवत गीतामा श्री कृष्णले भनेका छन् “जति पनि मार्ग मैले मानवद्वारा बनाउन लगाएको छु त्यो अन्तमा म तिरै आउँछ”। हिन्दु धर्ममा उल्लिखित मानवको जीवन पद्धति सिर्फ भारत र नेपालमा मात्र लागु हुँदैन । यो चीन, जापान, पाकिस्तान, बङ्गलादेश, अमेरिका तथा युरोपेली मुलुकहरूमा पनि लागु हुन्छ । यिनै शाश्वत मुल्य र मान्यता को आधारमा सबै बाचि रहेका छन् । यसलाई नै मानव धर्म भनिन्छ । जसलाई हिन्दु सभ्यताले प्रतिपादित गरेकोले यो हिन्दू मात्र धर्म हो अरू सबै रिलीजनहरू हुन् । तसर्थ रिलीजनलाई राज्यले मान्नुहुन्न भन्ने जुन सिद्धान्त विश्वमा व्याप्त छ । त्यो नै secularism वा पन्थ निरपेक्षता हो । नेपालले धर्म निरपेक्षता होइन पन्थ निरपेक्षतालाई आफ्नो संविधानको प्रस्तावनामा उल्लेख गरेको छ । हिन्दु धर्म हो यो पन्थ होइन । मुस्लिम, इसाई र शिख रिलीजन हो जसलाई पन्थ भन्न सकिन्छ अर्थात् “बाटो” जसको माध्यमबाट भगवान कहाँ पुग्न सकिन्छ भने त्यो नै पन्थ हो । रिलीजनको माध्यमबाट भगवान समक्ष पुग्ने बाटो नै पन्थहो । हिन्दु धर्म रिलीजन वा पन्थ होइन भन्ने पुष्टि निम्न चार वटा तत्वहरूले गर्दछ।
(१) कुनै पनि रिलीजनको एउटा प्रबर्तक हुन्छ जो भन्दा कोही ठूलो हुँदैन।
(२)त्यो प्रबर्तकको बारे एउटा ग्रन्थ हुन्छ जसलाई सबैले मान्छन् ।
(३)रिलिजनलाई अगाडि बढाउन एउटा पुजा पद्धतिको निर्माण भएको हुन्छ ।
(४)एउटा स्थानलाई पुजा गर्ने प्रमुख स्थान तोकेको हुन्छ ।
उदाहरणको लागि : मुस्लिम धर्म = प्रबर्तक पैगम्बर मोहम्मद, ग्रन्थ कुरान, पद्धति नमाज, महत्वपूर्ण पुजा स्थान मक्का मदिना ।
इसाई धर्म = प्रबर्तक जीजस क्राईष्ट, ग्रन्थ बाइबल, पुजा पद्धति चर्च मा मैनबत्ती बाल्नु, मूख्य स्थान इजराइलकाे जेरुसलम।
बुद्धिस्ट = प्रबर्तक गौतम बुद्ध, ग्रन्थ घम्पद, पुजा पद्धति ध्यान, मूख्य स्थान लुम्बिनी, नेपाल।
शिख धर्म = प्रबर्तक गुरूनानक, ग्रन्थ गुरू ग्रन्थ साहेब, पुजा पद्धति अरदास, मुख्य स्थान स्वर्ण मन्दिर अमृतसर।
यसरी धर्ममा यी चार कुराहरू सबैमा पाइन्छ । तर हिन्दु धर्ममा यी चार कुरा पाइन्दैन। यो धर्म हो पन्थ होइन । यसका धेरै भगवान् छन्, ग्रन्थ पनि धेरै छन् । पुजा गर्ने तरिका पनि धेरै छन् र स्थान पनि धेरै छन् । तसर्थ यो अरू जस्तो धर्म होइन र पन्थ पनि होइन । यो सिर्फ मानब जीवन पद्धति हो । यसरी हिन्दु धर्ममा रिलीजनको जस्तो चारवटा बिशेषता नपाउने हुदां यो रिलिजन होइन । धर्म सिर्फ हिन्दु मात्र हो तसर्थ राज्यले रिलीजन मान्नु हुन्न भन्ने जुन सिद्धान्त विश्वमा देखियो त्यो नै secularism हो । पन्थ वा रिलिजनलाई माने पनि नमाने पनि मानव जीवनमा फरक पर्दैन तर धर्म मानवले मान्नै पर्छ । धर्म बिनाको मानव जीवन पशु तुल्य हो ।
तसर्थ हामी पन्थ निरपेक्ष हुन सक्छौ तर धर्म निरपेक्ष हुन सक्दैनौ । यदि हामीले जब हाम्रो जीवन पद्धति भुलेर आफूलाई मन नपर्ने फरक धारका रिलीजनमाथि प्रहार गर्छौ र विरोध गर्छौ भने त्यो अवस्थामा हामी धर्म निरपेक्ष हुन सक्छौ । अर्को समुहको विरोध गर्दै कुनै एक व्यक्तिको शासन व्यवस्थालाई धर्मको आडमा खडा गर्ने प्रयास हुन्छ भने त्यो भनेको मानव जीवन पद्धतिलाई लत्याई दानव जीवन रोज्नु नै धर्म निरपेक्षता हो । जसलाई विश्वको कुनै पनि राष्ट्रले आफ्नो संविधानमा उल्लेख गरेको छैन सिर्फ नेपाल राष्ट्रको संविघानमा मात्र उल्लेख गरेको छ जसलाई कसरी व्याख्या गर्ने हो संविघान निर्माण गर्नेहरूले सोच्नु जरुरी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार