एन्फाको आकस्मिक कार्यसमिति बैठक
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार १७:३५:५९
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ । समसामयिक बिषयमा छलफल र निर्णय गर्न एन्फाले आकस्मिक बैठक बोलाएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो १ बजेपछि सुरु हुनेछ ।
बैठकले विश्वकप छनोट खेल्न लागेको नेपाली टिमको व्यवस्थापन लगायत विभिन्न बिषयमा निर्णय गर्ने एन्फाले जनाएको छ । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलका बिषयमा अन्यौल कायमै छ । एकमात्र दशरथ रंगशाला निर्माणाधिन अवस्थामा रहेकाले तत्काल विश्वकप छनोटको होम गेम्स गराउन सम्भव देखिदैन । सोही बिषयमा समेत एन्फाले कार्यसमिति बैठक मार्फत निर्णय गर्न लागेको छ ।
एन्फाले नेपाल रहेको समुहका देशलाई पत्राचार गर्दै सुरुमा अवे खेलका लागि प्रस्ताव गरेको छ । जसमा सम्बन्धित देश समेत सकारात्मक रहेको एन्फाका एक अधिकारीले बताएका छन् ।
कार्यसमिति बैठकले एन्फाको प्राविधिक निर्देशक सहित विभिन्न पदमा पदपुर्ती समितिले गरेको सिफारिसको बिषयमा समेत निर्णय गर्ने बुझिएको छ ।
एन्फाले नेपाली फुटबलको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार