नेप्से बढेपनि कारोवारमा कमी
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार २२:४६:३२
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रहेको छ । कुल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर घटेको भने आठ उपसमूहको शेयर वृद्धि भएको छ । व्यापार ३.२९, उत्पादन १.४, जीवन बीमा ७.२१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ । बैंकिङ २.८५, होटल ५.९९, विकास बैंक ७.३२, जलविद्मुत ३.१९, वित्त ०.६५, निर्जीवन बीमा २२.८२, अन्य १.२४ र लघुवित्त १४.७२ अङ्कले बढेको छ ।
कारोवार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर आज शीर्ष स्थानमा रह्यो । सो बैंकको रु तीन करोड १६ लाख ६२ हजार ८२० मा खरीद बिक्री भयो । नेपाल बैंकको रु एक करोड ५६ लाख २३ हजार ६७९, प्रभु बैंकको रु एक कारोड ४२ लाख ६७ हजार ३२७, कृषि विकास बैंकको रु एक करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको रु एक करोड २४ लाख ८५ हजार ६५० मा कारोवार भई शीर्ष स्थानमा रहे ।
युनाइटेड इन्स्योरेन्सका शेयरधानीले ९.९९ प्रतिशतका दरले कमाए । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९.८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.५५ प्रतिशतले कमाए ।
यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.४, सिद्धार्थ इन्स्योरेन्स ३.१९, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.१० र सिन्धु विकास बैंकका शेयरधनीले २.८५ प्रतिशतले गुमाए । स्टकमा आज मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता र देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । त्यसैगरी पूर्णिमा विकास बैंकको दुई लाख ६२ हजार ५१६ कित्ता शेयर लाभांशसमेत स्टकमा सूचीकृत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार