भुक्तानी सेवा ‘सेलपे’ नेपाली बजारमा,विना वालेट भुक्तानी
नेपालबहस संवाददाता
साउन १५, २०७६ बुधबार १९:५:३३
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालिले नयाँ डिजिटल भुक्तानी सेवा ‘‘सेलपे’ सञ्चालनमा ल्याएको छ । कम्पनीले मंगलबारबाट औपचारिक सेवा सुरु गरेको छ। काठमाडौंमा एक कार्यक्रम गरी प्रविधिमा आधारित भुक्तानी सेवा ‘सेलपे’ को औपचारिक शुरुआत गरिएको हो ।
मोबाइल र वेब एप्लिकेशनको माध्यमबाट कुनै वालेट नै नबनाई आफ्नै बैंक खाता प्रयोग गरी सेलपेमार्फत् रकम भुक्तानी तथा स्थानान्तरण गर्न सकिने सेलकमले जनाएको छ । सेलपे अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाइएर तयार भएको बताइएको छ भने सेलपेमार्फत् विभिन्न दूरसञ्चार सेवा, बिजुली खानेपानी, टेलिभिजन, इन्टरनेट, विभिन्न व्यवसायमा पैसा तिर्न सकिने र एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण तथा स्वदेशभित्रै मनि ट्रान्सफर समेत गर्न सकिने छ । त्यस्तै, यसमा वास्तविक समयमा पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजीलगायतका सेवा समेत उपलब्ध रहेको जनाइएको छ । सेलपे सेवामार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन भएकाले वालेटविना नै विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।
सेलपेको मंगलबार एक कार्यक्रम गरि उपभोक्तामाझ ल्याएको सेलेकमले जनाएको छ । औपचारिक उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले विश्व अर्थतन्त्र परिवर्तनशिल छ र त्यो संगै विज्ञान प्रविधिको विकासमा सङ्ग सङ्गै तादाम्य गर्नुपर्ने हुदा सेलपेको आगमन भुक्तानीमा कोषेढुङ्गा सावित हुने कुरामा आफु विस्वस्थ रहेको भन्दै उनले सेलपे सुरक्षीत हुनुपर्ने कुरामा समेत जोड दिएका थिए ।
सेलकम कम्पनीका अध्यक्ष दीपक मल्होत्राले नेपालमा डिजिटलाइजेशनको मागलाई सम्बोधन गर्नका लागि सेलपे ल्याइएको र यसले वास्तविक समयमा कार्य गर्ने जानकारी दिए । सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले सेलपे मोबाइल वालेटजस्तो बैंक खाताबाट पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुने बताए । कार्यक्रममा सेलपेका सद्भावनादूत वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले यसको प्रयोग आफुहरुले पनि गर्न सुरु गरेको र यो नौलो प्रविधि भएको सहज र सरल भुक्तानीको माध्यम भएको हुदा प्रयोगाकीक रहेको बताए
सेलपेका सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत हुनेभएकाले यस सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने सेलकमले जनाएको छ ।
कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भएबमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो उसको बैंक खातामा रकम जम्मा हुनेछ। यसरी कुनै वालेट बिना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता रहेको कम्पनीले बताएको छ।
सेवा सुरु गर्नुअघि गुगलप्लेस्टोर वा एप्पल एप्पस्टोर वा कम्पनीको वेबसाईटमा गई सेलपे एप्प स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने हुन्छ। त्यसपछि एप्पमा भनिए अनुरुप आफुलाई दर्ता गरी आवश्यक केवाइसी जानकारीहरु भरी आफ्ना बैंक खाताहरु जोड्न सकिने छ। अनि भुक्तानी गर्न सकिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार