मझुवागढी नगरपालिकामा सडक सौर्यबत्ती जडान
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १४:५:३२
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको छ ।नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत रु एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न शुरु गरिएको हो ।
रातको समयमा नगरभित्र आवतजावत गर्ने यात्रुलाई सहजता, अँध्यारोका कारण हुने सवारी दुर्घटना तथा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
राति आफैँ बल्ने र दिउँसो आफैँ बन्द हुने सडक सौर्यबत्ती पहिलो चरणमा व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्थाको कार्यालय अगाडि र बाक्लो मानवबस्ती रहेको ठाउँमा जडान गरिने बताइएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई सुरक्षित र सभ्य नगर बनाउने अभियानअन्तर्गत सडक सौर्यबत्ती जडान गर्न शुरु गरिएको हो ।
नगरप्रमुख रिजालका अनुसार पहिलो चरणमा वडा नम्बर–१ दिक्तेलमा ५७, वडा नम्बर–२ सोल्मामा ५, वडा नम्बर–३ बाम्राङमा ५, वडा नम्बर–४ खाल्लेमा ४, वडा नम्बर–५ लफ्याङमा ४, वडा नम्बर–६ नेर्पामा ४, वडा नम्बर–७ दोर्पाचिउरीडाँडामा ४ वडा जडान गरिनेछ ।
यस्तै, वडा नम्बर–८ दोर्पाबुवालुङमा ७, वडा नम्बर–९ निर्मलीडाँडामा ४, वडा नम्बर–१० पाथेकामा ६, वडा नम्बर–११ खार्मीमा ५, वडा नम्बर–१२ जालपामा ६, वडा नम्बर–१३ नुनथलामा १५, वडा नम्बर–१४ बुइपामा १५ र वडा नम्बर–१५ विजयखर्कमा नौ वटा सडक सौर्यबत्ती जडान गरिनेछ ।
एक ठाउँमा रु ७८ हजार बराबरको लागतमा जडान सम्पन्न हुने सडक सौर्यबत्तीको सोलार प्यानेल २०० वाट क्षमताको रहेको जनाइएको छ । बाह्र भोल्टको ब्याट्रीसहित फालामे पोलमा जडान गरिने सडक सौर्यबत्तीको बल्व ४० वाट क्षमताको रहेको ठेकेदार कम्पनी विराट इनर्जी प्रालि ललितपुरका प्रतिनिधि धनकुमार राईले बताए।
नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडि नगरक्षेत्रभित्रको ३१ ठाउँमा सडक सौर्यबत्ती जडान गरिएको थियो । सो समयमा अपुग भएका ठाउँमा यस पटक थप १५० वटा खरीद गरेर जडान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको नगरपालिकाका ४४ प्रतिशत घरधुरी अझै केन्द्रीय विद्युत् प्रसारण लाइन बाहिर रहेका छन् । नगरपालिकाभित्रका करीब दुई तिहाइअर्थात् ६६ प्रतिशत घरधुरीले मात्र अहिले केन्द्रीय विद्युत् उपभोग गरेका छन् ।
दश हजार ५० घरधुरी रहेको नगरपालिकाका २१ प्रतिशत घरधुरीले अझै पनि मट्टितेलको टुकी तथा सोलार प्रयोग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरबारमा
बैशाख ३१, २०८१ सोमबार