मध्यरातमा पहिरो : एकको मृत्यु, दुई बेपत्ता
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १४:५९:३४
बागलुङ । तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।
गएराति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिए ।
पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ । डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ ।
पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार