विपद् पूर्वानुमान गर्न सेन्सर जडान
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार १३:२७:१७
बाँके। विपद् व्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्वजानकारी दिन बाँकेका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो ।
स्थानीय तहसँगको समन्वयमा ताइवानी संस्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन ‘एनसिडीआर’को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरिएको हो ।
जडान गरिएका सेन्सरलाई नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिका परिसरमा प्राविधिक कक्षसमेत स्थापना गरिएको छ । सेन्सरबाट प्राप्त सूचनाहरुलाई अध्ययन गर्दै सोही कक्षबाट विपद्सम्बन्धी पूर्वानुमान लगाउन सकिने एनसिडीआरका निर्देशक डा चेङ होङले जानकारी दिए ।
एनसिडीआरका निर्देशक डा.चेङ होङका अनुसार सेन्सरले विपद् आउनुअघि साइरनमार्फत जानकारी दिनेछ । सेन्सरले विपद्सम्बन्धी सबै सूचना सङ्कलन गरी सर्वसाधारणलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ ।
मोबाइल एप्लिकेसनमार्फत मोबाइलबाटै जानकारी लिन सकिने उक्त प्रविधिले सेन्सरबाट ३ रेक्टर स्केलभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरीसमेत मापन गर्ने जनाइएको छ । करीब तीन महीना लगाएर दुई स्थानीय तहमा सेन्सर जडान गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।
प्राकृतिक विपद् भूकम्प, बाढी, डुबान, वर्षा र हावाहुरीबारे पूर्वसूचना प्रणालीका लागि कोहलपुर नगरपालिकाका छ स्थान र बैजनाथ गाउँपालिकाकाका छ स्थानमा सेन्सर जडान गरिएको प्रमुख रावतले बताए । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सेन्सर जडानपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।
सेन्सर जडानका लागि कोहलपुर नगरपालिकाका प्रमुख रावत र बैजनाथ गाँउपालिकाका प्रमुख रुचाल केही समयअघि ताइवान पुगेर ताइवानी संस्था एनसिडीआरसँग सहमति गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार