बसन्तपुर कि आमा बालकुमारी !
नेपालबहस संवाददाता
भदौ ३, २०७६ मंगलबार १९:२९:६
कुसुम विश्वकर्मा
३ भदौ, काठमाडौं । शनिबारको दिन, साझँ पखको समय, आकाश मडारिदै थियो । म पनि त्यँही मडारिरहेको बादललाई आकाशतिर हेरेर निल्यादै थिए । साउन ३२ गते बसन्तपुरमा !!!!!
काठमाडौंको व्यस्त शहर, दैनिक कोलाहलले दिक्क म कहि कतै शान्त वातावरणमा यो मनलाई एकछिन भएपनि शान्त पार्न पुगेकी थिए । मडाडिरहेको आकाशमा बादल आफ्नै बेगमा दौडिरहेको छ । न त उसलाई कसैको रोकवाट छ न त कसैलाई पर्खन उ दौडिरहेको छ । बर्षा गराउन !!!!
कोही साथीसँग रमाइरहेका छन्, कोही एक्कै मन बुझाउन टोलाइरहेका छन्, कोही आफ्नो दैनिकी गुजरा चलाउन सानो तिनो व्यापारमा व्यस्त छन्,बसन्तपुरमा ।
लाग्दै छ, म कुनै फिल्मको पर्दाका जस्तै केही दुश्य हेरिरहेकी छु, पटक पटक एउटै अनुहार आँखामा बारम्बार आईरहेको छ । बाबु, पानी खाने, बाबु पानी खाने ,,,,,
समय ढल्किदै छ । त्यहि समय जस्तै उमेर उनको पनि ,,न घामले छेकेको छ, न पानीले,,, मुजा परेको अनुहार थाकेर लुथ्रुक्क भिजेको छ
यताउता हेर्छु भिडभाड अनि सबै आ आफ्ना सुरमा छन्, मलाई पटक पटक पानी सोध्ने को होला ?
कोही कसैलाई कसैको मतलव छैन, व्यस्त शहर त्यहि व्यस्त शहरको मान्छे ऊ,,, अनुहार चाउरी परिसकेको छ !!!
हास्दाँ पनि अनुहारमा सबै चुमुक्क परेको देखिन्छ, तैपनि सकी नसकि उ आफ्नो दैनिकी चलाउन मुजा परेको अनुहारले अनमोल हाँसो देखाउदै घरि यता घरि उता गईरहेको भान हुन्छ ।
बालबच्चा उफ्रिरहेका छन्, साँझको समयमा, युवा नि आफ्नै तालमा छन्, बुढापाका चियाको चुस्कीसँगै देशमा पछिल्लो अवस्थामा घटेका घटनामा चर्को बहस गरिरहेका छन् ।
शनिबार प्राय सबैको फुर्सदको दिन, त्यहि भएर होला भिडभाड धेरै छ । सबै आफ्ना आफन्तसँग फोटो खिच्न व्यस्त छन् । यही भिडको बीचमा पुग्छिन्, झर्ट हेर्दा आमा अलि वृद्ध थिइन् ।।।
हरेक हुल, भिडभाड र जमघटको बीचमा पुगेर हाँस्दै सोध्छिन्, पानी खाने बाबु ।।।
समयलाई सामन्यतया एक देखि अर्को घटनाको अन्तरका रूपमा परिभाषित गर्न सकिन्छ । समय ढल्किदै छ । त्यहि समय जस्तै उमेर उनको पनि ,,न घामले छेकेको छ, न पानीले,,, मुजा परेको अनुहार थाकेर लुथ्रुक्क भिजेको छ,,,, असिन पसिन हुँदै म निर आइपुगिन उनी ।।।।
बाबु पानी खानुस न,,,,
मैले पानी किनेपछि सम्झिए,,त्यो अघिदेखि मेरो आँखामा आईरहने दुश्य अनि पछाडिबाट पटक पटक मेरा कानमा ठोक्किएका स्वर अहिले सतप्रतिशत आँखाको सामुन्ने आएर अडिक भएकी छिन् ।
सेतै फुलेको कपाल, मुजा परेको अनुहार, कलेजी रङमा कालो धर्काले क्रस भएको चोलो र हरियो पोते, सेतो पटुका बाँधेकी ८१ बर्षकी वृद्धा निलोमा खैरो बुटा भएको धोतीमा छिन् ।
घरी-घरी बाटोमा उठेरै पनि मानिसहरुलाई सोध्छिन् बाबु पानी चाहियो कि ?
बसन्तपुरमा घुम्न आएका सयौँलाई तिर्खाएको बेला व्यास मेटाउने बालकुमारी कार्कीलाई आज शनिबार भ्याईनभ्याई छ । एक कार्टुन पानी एकै छिन्मा सक्छिन् । एउटा कार्टुन १ सय ६० मा किनेर प्रति बोटल ३० मा बेच्ने कार्कीले दैनिक ४–५ वटा कार्टुन बेच्छिन्,यसरी नै उनको दैनिकी चलिरहेको छ ।
सिन्धुपाल्चोक घर भएकी बालकुमारी जीविकोपार्जनकै लागि विगत ५ वर्षदेखि काठमाडौंको वसन्तपुरमा बोत्तलको पानी (मिनिरल वाटर) बेचिरहेकी छन्। अहिले उनी बसन्तपुर नजिकै कोठा भाडामा लिएर बस्दै आएकी छिन् ।
विगत चार पाँच बर्षदेखि आफ्नो दैनिक चलाउन यसरी नै पानी बेच्दै आएकी कार्कीको अनुहार दिनप्रति दिन चाउरी पर्दै गएको छ । घरी-घरी बाटोमा उठेरै पनि मानिसहरुलाई सोध्छिन् ‘बाबु पानी चाहियो कि ? नानी पानी किन्नुहोस् न !’
बुढी आमाको त्यो मिठो बोली हरकोहीले नकार्न सक्दैनन्। उनीहरु सहजै पानी लिन्छन्। आमा मख्ख पर्छिन्। पानी बिक्रि हुँदा उनको मुहारमा खुसी छाउँछ तर कोही व्यक्तिले पानी पिउन मन छैन भनिदिँदा उनी खिस्रिक्क हुन्छिन्।
उनको अवस्था र उमेर हेर्दा बाटोमा उभिएर कराएर पानी बेच्न सक्ने अवस्था भने छैन। त्यै पनि जेनतेन उनी कहिले उभिदैँ कहिले बस्दै पानी बेचिरहेकी छन्।
वसन्तपुर क्षेत्र प्रायः मानिसहरुको भीडभाड हुने ठाउँ हो। बिहान दिउँसो र साँझ जुनसुकै समय आनन्दको अनुभुति लिनकै लागि पनि मानिसहरु त्यहाँसम्म पुग्छन्।
बालकुमारी अरुलाई प्यास मेटाउन बोटल समाल्दै मानिसहरुको भएको भिडमा जान्छिन्, अरुको प्यास मेटाउछिन । तर उनको प्यास जस्ताको तेस्तै छ । चाउरी परेर मुजा परेको अनुहारमा वेदनाका पोकाहरु उस्तै छन् ।
बुढेसकालमा दिनभरी पानी बेच्ने बालकुमारीको घर दोलखा जिल्लाको मागादेउराली हो। वि.सं.१९९५ सालमा मागादेउरालीमा उनको जन्म भयो। परिवारको आर्थिक अवस्था कमजोर थियो। ‘खेतवारी कम, जहान धेरै, खाना लगाउन भने जस्तो कहाँ थियो र !’ विगतलाई स्मरण गर्दै बालकुमारी भन्छिन्।
‘घरमा खानालाई प्रशस्त अन्न हुदैनथ्यो आमाले एक पाथी कोदो र एक पाथी मकैमा मलाइ दिएछन्’ हाँस्दै उनले भनिन् ‘त्यो बेला १० वर्षकी थिएँ विहे भइहाल्यो नि’।
सिन्धुपाल्चोकको ८ किलोमा उनको बिहे भयो वि.सं. २००५ सालमा। सानै उमेरमा बैवाहिक सम्बन्धमा बाधिन् उनी। ‘बिहे पछि खेतवारीको काम गरिन्थ्यो’ उनले भनिन् ‘जसोतसो जीवन चलेकै थियो’।
दिनचर्या बित्दै गयो। उनी तीन छोरा र तीन छोरीको आमा बनिन्। ८ जनाको उनको परिवारमा खुसी छाएकै थियो। ‘तर, भगवानको आँखा लाग्यो नि १ ४० वर्षको उमेरमा श्रीमानको बित्नुभयो’ अचानक निराश हुदैँ उनले सुनाइन्।
पानी बेचेरै मासिक २४ हजार
उनी दिनमा ४ पोका पानी बेच्छिन्। एक पोकामा १२ बोत्तल हुन्छन्। पसलेले उनलाइ प्रतिबोतल १५ रुपैयाँका दरले लिन्छ भने उनले ३० रुपैयाँमा बेच्ने गरेको नेपालबहसलाई सुनाइन्। दिनमा ८ सय त पानी बेचेरै कमाउँछु’ उनले भनिन् ‘त्यति मात्र होइन आमा केही खानुस् है भनेर हातमा थमाइदिएको पैसा पनि तीन चार सय त पुग्छ’।
कुराकानीका क्रममा उनले आफ्नो पीडा लुकाउन सकिनन्। सन्तानको लागि यसरी काम गरिरहेको बालकुमारीले सुनाइन्। आफ्नो लागि मात्र भए मकै बेचेरै जीविको चलाउन सक्ने बताउँदै उनले भनिन् ‘मासिक ६ हजार त छोरालाइ गाउँ पठाउनुपर्छ’।
वृद्धा अवस्थामा मुजा परेको अनुहार, परिवारको साथमा बस्नु पर्ने बेला आफ्ना लागी आफै केही गर्छु भन्दै दिनरात काममा दौडिने यी आमाबाट सिक्नु पर्ने धेरै छ, सडक पेटीमा शारिरीक अवस्था ठिक भएका नागरिकले पनि मागेर खानु भन्दा केही सानोतिनो काम भए नि गरेर आत्मसम्मानको जीवन जिउन सके उनीहरुको जीवन पनि केही सहज हुने थियो कि ।
गरिब हुनु अर्थात अभावमा जिउनु कर्मको फल हो । कर्मले जस्तो फल दिन्छ त्यसैमा पूर्ण सन्तुष्टि हुनु मानव जातिको गुण हो । अभावको हुरीबतासले जिन्दगी उजाड पार्दा पनि यी आमाको मन कहिल्यै उजाड बनेन, आफ्ना लागी आफै केही गर्नुपर्छ भन्ने यी कार्की आमाको अठोटलाई सलाम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार