नेप्से परिसूचक झिनो अङ्कले सुधार
नेपालबहस संवाददाता
भदौ ४, २०७६ बिहिबार ०:२५:७
४ भदौ, काठमाडौं । कहिले घट्ने तथा कहिले बढ्दै असन्तुलित अवस्थामा रहेको शेयर बजार आज भने स्थिर जस्तै देखिएको छ । शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुगेको छ । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरीद बिक्री भएका छन् ।
स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.०४, होटल १५.१८, जलविद्युत् २.३५, निर्जीवन बीमा ५.९, उत्पादन ७.४४, लघुवित्त १.२४, जीवन बीमा ६.७८ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ । व्यापार ७.१, विकास बैंक ०.४५, वित्त ०.१ र अन्य उपसमूह ६.९१ बिन्दुले बढेको छ ।
स्टकका अनुसार कारोवारका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो होटलको रु चार करोड २० लाख २१ हजार ६४४ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै माछापुच्छे« बैंक रु दुई करोड ८५ लाख ८४ हजार सात, एनआइसी एशिया बैंक रु एक करोड ७२ लाख ६३ हजार ६१५, नवील बैंक रु एक करोड छ लाख सात हजार २८८, रसुवागढी जलविद्युत् कम्पनी रु ९४ लाख ४८ हजार ३१५ र कृषि विकास बैंक रु ८९ लाख ३१ हजार ८४६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार कारोवारका आधारमा आज विशाल बजार कम्पनीका शेयरधनीले बढी कमाए । सो कम्पनीका शेयरधनीले ५.७३ प्रतिशतले कमाए । यस्तै पाँचथर पावर कम्पनी ४.८१, जानकारी फाइनान्स ४.२८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.७७ र मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए ।
यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.४४, नाडेप लघुवित्त वित्तीय संस्था ५.२५, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ५.१३, माउण्टेन हाइड्रो ४, अपि पावर कम्पनी ३.८१, र छ्याङ्दी हाइड्रोका शेयरधनीले ३।७९ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार