वाटर एटीएमप्रति आकर्षण बढ्दो
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शुक्रबार १४:२३:४१
सुभानु आचार्य /रासस
६ भदौ, ललितपुर । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्छन् । उनी घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्छन् । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उनले पँधेरो ‘वाटर एटीएम’ को प्रयोग गर्ने बताए ।
“दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने गर्छ । अब पँधेरो आएसँगै यात्रा गर्दा पानीको समस्या हल भएको छ”, गोपालीले भने, “दिनहुँ रु २५ तिरेर पानी खरीद गर्नुपर्ने बाध्यता थियो ।
महानगरपालिकाले रु दुईमा चिसो एक गिलास पानी पिउने सुविधा प्रदान गरेसँगै रकमको जोहो पनि भएको छ ।” पँधेरोमा दुईको सिक्का छिराएर गोपालीजस्ता गाःबहाल सडक यात्रा गर्ने कयाँै बटुकले पानी पिउने गरेका छन् ।
अर्का १७ वर्षीया सरोज अधिकारी गाःबहाल चोकबाट हिँड्डुल गर्छन् । मध्यदिउँसो घाममा सडक वारपार गर्दा निकै प्यास लाग्ने बताउँदै उनले भने, “सधैँ बोतलमा घरबाट पानी बोकेर हिँड्न झन्झट हुन्छ ।
कामको सिलसिलामा विभिन्न स्थानमा जानुपर्नेजस्ता कारणले समय–समयमा प्यास लाग्छ । प्यास लागे रु २५ खर्च गरेर पिउनुपर्ने बाध्यता थियो ।
पँधेरोको आवागमन र त्यसको सुविधा पाएसँगै रु १० तिरेरे टन्न एक लिटर पानी पिउन पाएका छौँ ।” सस्तो मूल्यमा दुईको सिक्काले २०० एमएल पानी पिउन पाउँदा दैनिक पानीबाट एक सिसी बराबर रु १५ जोगिने गरेको उनले बताए।
यसैगरी पाटनढोका निवासी ५५ वर्षीया राकेश महर्जन कामकाजको सिलसिलामा गाःबहाल सडक भएर आउनेजाने गर्छन्। घरबाहिर हिँड्दा प्यास लागेमा कि त चिया पसल, होइन भने यसो चिनेको साथीभाई कहाँ गएर पिउनुपर्ने बाध्यतालाई पँधेरोले अन्त्य गरिदिएकामा उन खुशी व्यक्त गरे ।
“पानीको प्रयोग प्रविधिबाट गर्न पाइन्छ भन्ने कुरा मैले जीवनमा कल्पनासमेत गरेको थिइन”, उनले भने, “पानी पिउनुभन्दा पनि कसरी पँधेरोमा भण्डार हुन्छ र झर्छ भन्ने खुलदुलीका साथ समय–समयमा पँधेरो आउनेछु”, महर्जनजस्ता कयौँ पाका उमेरका मानिसलाई पँधेरोप्रतिको जिज्ञासा बढी प्रश्न गर्ने गरेका बताइएको छ ।
दैनिक सो सडक हिँड्डुल गर्ने करीब दुई सयदेखि तीन सय बटुवाले पँधेरोको पानी प्रयोग गर्ने सुपिङ इन्टरनेश्नलका पँधेरो चालक अनिल ठकुरीले जानकारी दिए।
लपु महानगरपालिकामा पानी पँधेरो ‘वाटर एटीएम’को सुविधा हुनुका साथै बीउ एटीएमको पनि सुविधा पाइन्छ ।
“पँधेरो सञ्चालन गरेको एक महीना अवधिभर परीक्षणका लागि निःशुल्क पानी वितरण ग¥यौँ”, उनले भने, “परियोजना सफल भएपछि तीन महीनाअघिबाट न्यूनतम शुल्क लिने गरेका छाँै ।” “सो पँधेरोले लपु महानगरपालिका, सो सडकबाट विद्यालय र क्याम्पस आउनेजाने, व्यापार गर्न हिँड्डुल गर्ने बटुवाका साथै वृद्धवृद्धालाई बढी नै सहयोग पु¥याएको बताइएको छ ।
‘तिर्खा लागे पँधेरो जाउँ’ भन्ने नारामा समर्थन जनाउँदै सो प्रविधि लपु महानगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका पानी वितरण व्यवस्थापन बोर्ड र सुपिङ इन्टरनेश्नलको संयुक्त पहलमा नेपालमा पहिलोपटक भित्र्याएका हुन् । सो प्रविधिको प्रयोग बिहान ८ बजेदेखि राति ८ बजेसम्म जोकोहीले गर्न पाउँछन् ।
सो पँधेरोमा बग्रेमा तीन महीनासम्म मर्मत सम्भार गर्ने जिम्मेवारी सुपिङ इन्टरनेशनको थियो । सो अवधि पूरा भइसकेपछि पुनः सो प्रविधि बनाउने तीन महीनाको अर्को थप जिम्मेवारी सुपिङले नै पाएको अध्यक्ष प्रतीक भुजुले बताए ।
महानगरपालिकामा पाँच हजार, दुई हजार, एक हजार ५०० लिटरका तीन पानीट्याङ्की छन् । सो पानीट्याङ्कीमा पानी सकिएपछि सूचना आउँछ, अनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतका ललितपुरको भैंसेपाटी र महाँकालचौरबाट कम्पनीले पँधेरोमा पानी भण्डारण गरिदिने काठमाडौं उपत्यका पानी वितरण व्यवस्थापन बोर्डका इञ्जिनीयर नवीन तिवारीले जानकारी दिए ।
लपु महानगरपालिकामा पानी पँधेरो ‘वाटर एटीएम’को सुविधा हुनुका साथै बीउ एटीएमको पनि सुविधा पाइन्छ । यी दुवै वस्तु नेपालमा यसभन्दा अगाडि भित्रिएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार