अमेरिकी डलरको भाउ बढ्यो
Advertisement

६ भदौ, काठमाडौं । अमेरिकी डलरको भाउ शुक्रबार बढेर ११५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६० पैसा र बिक्रीदर ११५ रुपैयाँ २० पैसा तोकेको छ ।

बिहीबार यसको १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा थियो । यस्तै साउदी रियालको मूल्य पनि बढेको छ । आज यसको १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा पुगेको छ । हिजो यसकको १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो ।

शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ६४ पैसा पुगेको छ । हिजो कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा थियो ।

Advertisement

यस्तै मलेसियन रिंगिटको भाउ पनि बिहीबारको भन्दा बढेको छ । आज यसको १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा थियो ।

शुक्रबार कोरियन वनको भाउ भने घटेको छ । आज यसको १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा पुगेको छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा थियो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७८ रुपैयाँ ७७ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३३ पैसा थियो ।

यस्तै बहराइन दिनारको मूल्य पनि बढेको छ । यसको १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा थियो ।

Advertisement
अघिल्लो लेखकृष्ण मन्दिरमा भक्तजनको भीड
अर्को लेखभारतीय २ लाख ५० हजारसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्