स्याङ्जाका अधिकांश सहकारी नियम विपरीत संचालनमा
Advertisement

६ भदौ,स्याङ्जा । जिल्लामा संचालनमा आएका अधिकांश सहकारीहरु नियम विपरीत संचालन भएको पाइएको छ । जिल्ला डिभिजन सहकारीलाई स्थानीय तहमा गाभिएपछि अनुगमन गर्दा सहकारीहरु नियम विपरीत संचालन भएको पाइएको हो ।

अर्जुनचौपारी गाँउपालिकाले आफ्नो स्थानीय तहमा संचालनमा आएका सहकारीहरुको अनुगमन गर्दा अधिकांश सहकारीहरु उदेश्य भन्दा बाहिर रहेर संचालन हुदै आएको फेला परेका हुन् । गाँउपालिकाले गण्डकी प्रदेश सहकारी मन्त्रालयबाट अधिकृतसहितको टोली बोलाएर अनुगमन थालेको प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङ्ले बताए । सहकारी बुझेका कर्मचारीको अभाव पालिकामा छ, प्रमुख प्रशासकिय अधिकृत गुरुङ्ले भने,“कर्मचारी अभावले पालिका भित्र रहेका सहकारी अनुगमन र निरिक्षणमा कठिनाई छ । पहिलो चरण प्रदेश मन्त्रालयबाट कर्मचारी झिकाएर अनुगमन थालेका छौें ।”

गाँउपालिकाले सबै वडाहरुमा रहेका सहकारीहरुलाई एक हप्ताको समय लगाएर अनुगमन गर्दैछ । अहिलेसम्म गाँउपालिकामा १६ सहकारी संचालनमा रहेका छन् । अनुगमन शुरु गरेदेखि ७ ओटा सहकारीको अनुगमन गरिएको छ, प्रमुख प्रशासकिय अधिकृत गुरुङ्ले भने,“अधिकांश सहकारीहरु सहकारी ऐन विपरीत संचालनमा रहेको पाएका छौं ।” जुन प्रयोजनका लागि सहकारी दर्ता गरिएको हो त्यो प्रयोजन भन्दा भिन्न रहेर सहकारी संचालन गरिएको गुरुङ्ले बताए । अधिकांश सहकारी कृषि उदेश्यका साथ खोलिए पनि वचत तथा ऋणको कारोवार गर्दै आएका छन् । यो पहिलो अनुगमन भएकाले सुझाव दिने काम मात्रै भएको गुरुङ्ले बताए ।

Advertisement

अनुगमन टोलीले गाँउपालिका भित्र रहेका सहकारीको अनुगमन पश्चात प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनका आधारमा सुझावका लागि सहकारीहरुलाई निर्देशित गर्ने तयारीमा गाँउपालिका रहेको गुरुङ्को भनाई छ । ११ स्थानीय तह मध्ये अर्जुनचौपारी गाँउपालिकाले सहकारी अनुगमन गरेको पहिलो भएको बताइएको छ । अन्य पालिकाले अनुगमन गरेको वा नगरेको बिषय भने बाहिर नआएकाले जिल्लामै पहिलो हुन सक्ने अनुमान लगाइएको छ ।

स्थानीय तहमा सहकारी कार्यालय नआउदा जिल्ला डिभिजन सहकारीले अनुगमन गर्ने गरेको थियो । विगतमा जिल्लाले गरेको अनुगमनको प्रभावकारिता नभएकै कारण अधिकांश सहकारीहरुले उदेश्य भन्दा बाहिर गएर सहकारी संचालन गरेको हुनसक्ने अनुमान यो अनुगमनबाट गरिएको छ । गाँउपालिका भित्र नियम विपरित संचालनमा आएका सहकारीको बारेमा कार्यपालिकाको ध्यानाकर्षण भएको गाँउपालिका अध्यक्ष दीर्घनारायण अर्यालले बताए ।

टोलीले ल्याएको प्रतिवेदनका आधारमा गाँउपालिकाले सहकारी नीति बनाएर अगाडी बढ्ने छौ अध्यक्ष अर्यालले भने,“ जे उदेश्य राखेर दर्ता गरिएको हो सोही बमोजिम सहकारी संचालन गर्न निर्देशन दिनेछौं ।” कृषि सहकारीले कृषि सम्वन्धी काम नगरेर बचत तथा ऋण संचालन गर्न पाईदैन अध्यक्ष अर्यालले भने । ७ ओटा अनुगमन गरेकोमा एउटा मात्रै बचत तथा ऋण सहकारी रहेको र अन्य कृषि सहकारी रहेका छन् । सबै कृषि सहकारीले बचत तथा ऋणको कारोवार गर्दै आएकोले अबका दिनदेखि व्यवसायको प्रकृति परिवर्तन गर्न निर्देशन दिने अधिकृत गुरुङ्ले जानकारी दिए ।

संघियतासँगै जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयलाई स्थानीय तहमा गाभिएका छन् । अझै विभागीय कर्मचारीहरु स्थानीय तहमा नहुदा कतिपय काम कारवाहीमा समस्या हुने गरेको पनि छ । सरकारले सहकारी मर्च गर्ने अभियानको सुरुवात गरिरहँदा यस्ता अनुगमनले सरकारको अभियानलाई सफल बनाउन महत्वपूर्ण भुमिका हुने विश्वास लिइएको छ । यस्तो क्रियाकलाप अन्य स्थानीय तहले पनि गर्नु जरुरी छ ।

Advertisement
अघिल्लो लेखमाछा मार्ने क्रममा २ को मृत्यु
अर्को लेखसशस्त्र प्रहरीमा रक्तदान
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो ।राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्