रङ्गेली अस्पतालमा बिरामीको चाप
Advertisement

भदौ ८, विराटनगर । रङ्गेली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका चिकित्सक सुनिल चौधरीका अनुसार अस्पतालमा झाडापखाला, दम, ज्वरो, निमोनियालगायतका बिरामी बढी आउने गरेका छन् । सो अस्पतालले अहिले दाँत सम्बन्धी सेवासमेत शुरु गरेको छ ।

उक्त सेवा सञ्चालन भएपछि यहाँका बासिन्दा लाभान्वित भएका छन् । “अस्पतालले गर्भवती सम्बन्धी सबै सेवा निःशुल्क उपलब्ध गराएको छ”, चौधरीले भने । गर्भवतीले नियमित जाँच तथा प्रसुती गराउँदा अस्पतालले रु आठ सय तथा रु एक हजार यातायात खर्च दिँदै आएको छ ।

Advertisement

“गर्भवतीलाई आवश्यक औषधी निःशुल्क दिँदै आएका छौँ”, डा चौधरीले भने । अस्पतालले चौबीसै घण्टा ल्याब सेवा, डिजिटल एक्स–रे सेवाका साथै सर्पदंशको समेत उपचार गर्दै आएको छ ।

“अस्पतालमा डेङ्गुका बिरामीको पनि उपचार भइरहेको छ”, डा चौधरीले भन्नुभयो । सर्पदंशका बिरामी दैनिक दुईदेखि तीन जनासम्म आउने गरेका छन् ।

अस्पतालमा अति सघन कक्ष सेवा प्राविधिक अभावका कारण सञ्चालन गर्न सकिएको छैन । “भेन्टिलेटरको सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नु परिरहेको छ”, डा चौधरीले भने।

Advertisement
अघिल्लो लेखअत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
अर्को लेखउपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो : पूर्वराष्ट्रपति डा यादव
नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्