फेसबुकमा सिडियोलाई गाली गर्ने पक्राउ
Advertisement

८ भदौ, पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक सञ्जाल फेसबुकमा जताभावी रुपमा गाली गलौच गर्नेलाई पक्राउ गरेको छ ।

जि.बारा, सिम्रनगढ न.पा. वडा नं.७ खजानी घर भई कंकाली अटो ट्रेडर्सको संचालकको रुपमा काम गर्दै आएका शन्नि कुमार गुप्ताले सामाजिक संजाल ँबअभदययप मार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गालि गलौच गरेको आरोपमा पक्राउ गरिएको हो ।

यस्तै पर्सा प्रहरीले गएराती अवैध सालको काठसहित एक जनालाई पक्राउ गरेको छ । शनिबार राती करिव साढे ९ बजेतिर जि.पर्सा बि.म.न.पा.वडा नं.२३ मनिहारीबाट प्रसौनी तर्फ जादै गरेको ना १ ह ५११४ नं.को ई-रिक्सा चेकजाँच गर्दा अवैध सालको काठ बरामद गरी व.प्र.का.श्रीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सालको अवैध काठसहित झ्यालको चौकट ७ थान र झ्यालको पासी २० थान पक्राउ गरेको बताएको छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्