राजेशकाजी श्रेष्ठ र छविन्द्र पराजुली
Advertisement

८ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र चेम्बरका पदाधिकारीहरुले आज नेपालका लागि चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग भेट गरेका छन् । चेम्बर अफ कमर्शको सचिवालय जमलमा भएको भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले चीनको बेइजिङस्थीत राजदुतावासका मिनिस्टर (इकोनोमिक) पराजुलीसँग आपसी व्यवसाय प्रबद्र्धनसँगै आर्थिक अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

उनले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढीपर्ने, जिरो ट्यारिफ र ८ अंकको एच.एस.कोड प्रयोग हुने हुँदा शुन्य भन्सार सुविधा लिन गाह्राे, सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने आपसी छलफलबाट तय हुनुपर्ने बताए । उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपाल प्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए । चीन पहिलो बैदेशिक लगानी आउने र दोस्रो पर्यटक आउने मुलुक भएता पनि विभिन्न समझदारी तथा द्धिपक्षीय सम्झौता समयमानै कार्यान्वयन हुनुपर्ने बताउदै पूर्वाधार निर्माणमा चीनको सहयोग उल्लेख्य र अपेक्षित रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । उनले नेपालमा संयुक्त लगानीका लागि पर्यटन, व्यवसायीक कृषि, खनिज, सिमेन्ट, जडिबुटी, उद्योग र शिक्षा रहेको धारणा राखे ।

राजेशकाजी अन्य व्यक्तिहरूसँगैअध्यक्ष श्रेष्ठले चीनले प्रदान गरेको ४ वटा समुद्री बन्दरगाह र ३ वटा सुख्खा बन्दरगाहाको अधितम प्रयोगमा जोड दिनुपर्ने बताए । उनले केरुङ, काठमाडौं, लुम्बिनि रेलवेको कार्य तिब्रताका साथ अगाडी बढाउनुपर्ने र चीनको सिसिपिआईटी र नेपालको निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, सूचनाको आदान प्रदान, व्यापारिक मेलामा सहभागिता हुनुपर्नेमा राजदुताबासबाट सो कार्यमा सहयोगीको भूमिकाको अपेक्षा गरे ।

Advertisement

सो भेटमा चीनको बेइजिङस्थीत नेपाली राजदुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीले दुई पक्षिय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउँने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने समेत रहेको प्रतिबद्धता जनाए । सो भेटमा चेम्बरका पदाधिकारी, नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीको उपस्थिती थियो ।

Advertisement
अघिल्लो लेखग्लोबल आइएमईबाट तीन दिनमा नै ऋण पाइने
अर्को लेखविपिन बतासले दायर गरेको साइबर अपराधको मुद्दामा पत्रकार गिरीलाई सफाइ
नेपाल बहस
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल https://www.youtube.com/channel/UC1g7sQeuhWB-EHILhd_ZS7Q/ पनि सञ्चालनमा छ ।नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्