भेन्यु टेष्ट ड्राइभ गर्ने ग्राहकलाई पुरस्कार
Advertisement

काठमाडौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई भेन्यु गाडीको लागि प्रबद्र्धन योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत हुण्डाई सोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज जित्न सक्नेछन् । जस अन्तर्गत लक्की ड्र अन्तर्गत ३ जोडीलाई यो होलिडे प्याकेजको लागि छानिनेछ ।

हुण्डाई भेन्युले डिजिटल योजना पनि सार्वजनिक गरेको छ, यसमा सहभागीले हुण्डाई भेन्युसँगको फोटो आफ्नो फेसबुकमार्फत शेयर गरी एक इन्टरनेशनल र एक डोमेष्टिक प्याकेज जित्न सक्नेछन् ।

Advertisement

हुण्डाई भेन्यु सार्वजनिक पश्चात बजारमा यसले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ र अटोमोबाइलको यस सेग्मेन्टमा यसले अतुलनीय पहिचान बनाउनेछ भन्ने कम्पनीले विश्वास गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्