राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश हुँदै
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १८:२:१४
११ भदौ, काठमाडौं । मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा अन्ततस् पेश हुने भएको छ। विधेयकका प्रावधानहरू संशोधन गर्न सरकारले पूर्वसहमति जनाएपछि दर्ता भएको तीन महिनापश्चात विधेयक राष्ट्रियसभामा पेश हुन लागेको हो।
गत वैशाख २७ गते विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो। लगत्तै नेपाल पत्रकार महासंघले आन्दोलन गरेको थियो। आन्दोलनपछि सत्तारूढ नेकपाले पत्रकार महासंघका पदाधिकारीसँग औपचारिक र अनौपचारिक छलफल गर्दै संशोधनको वाचा गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक फिर्ता लिनुपर्ने अडान संसदमै प्रस्तुत गरेको थियो। तर राष्ट्रियसभामा रहेका दलहरू र पत्रकार महासंघबीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले वार्ता गराएका थिए। वार्तामा सरकारले विधेयक संशोधन गर्ने बताएपछि आजको बैठकमा पेश हुन लागेको हो।
सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा काउन्सिलको स्वायत्तता खोसिने अवस्थामा छ। सरकारले ल्याएको विधेयक पारित भए मिडिया काउन्सिल सरकारी हुलाक जस्तो भन्ने भन्दै विरोध भएको थियो।
अर्धन्यायिक निकायका रूपमा रहनुपर्ने काउन्सिलले दस लाखसम्म जरिवाना भराउन सक्ने प्रावधान छ। यो प्रावधानको पत्रकार महासंघले विरोध जनाउँदै आएको छ।
विधेयकले पत्रकारहरूले आचारसंहिता उल्लंघन गर्दा काउन्सिलले नै मुद्दा चलाउन सिफारिस गर्न सक्नेसम्मको प्रावधान गरेको छ।
त्यस्तै, काउन्सिलको गठन गर्दा अध्यक्षको नियुक्ति सरकारले गर्ने र मन्त्रालयले नियुक्त गरेकाहरूको बहुमत हुने अवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसद भनव नयाँ बानेश्वर पुगे राष्ट्रपति, बैठक सुरु
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
संसद भनव नयाँ बानेश्वर पुगे राष्ट्रपति, बैठक सुरु
जेठ १, २०८१ मंगलबार
राष्ट्रिय सभा अध्यक्षलाई कांग्रेसले दियो बैठक अवरुद्ध हुने जानकारी
जेठ १, २०८१ मंगलबार
सरकारी बजेटः कुल १७ खर्ब ५१, खर्च १० खर्ब ५६ अर्ब
जेठ १, २०८१ मंगलबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार