गौहत्या कार्य प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर आपत्ति !
नेपालबहस संवाददाता
भदौ १३, २०७६ शनिबार २:३२:०
१३ भदौ, काठमाडौं । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको सामाचार प्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गाई हाम्रो राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि गाईको छुट्टै महत्व रहँदै आएको छ । नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु भनेको जघन्य अपराध हो । यस्ता किसिमका घटना घट्नु अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो । गौहत्या कार्य प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ ।’
घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न र यस्ता किसिमका घटनालाई पुनः दोहोरीन नदिन नेपाल सरकार एवं सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार