ह्याकरको पैसा सटही गर्ने पक्राउ
नेपालबहस संवाददाता
भदौ १७, २०७६ मंगलबार १४:३७:३०
१७ भदौ, काठमाडौं । बंैकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका ठमेलस्थित डेसो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्सका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार फरार रहेका तीन जना ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै साटेका थिए ।
“हामीले ह्याकरलाई समातिरहेको थियौँ, तर त्यही बेला फरार रहेका अन्य तीन जना ह्याकरलाई ति मनि एक्सचेन्जका सञ्चालकले भने नेपाली नोट लिएर डलर दिए”, उनले भने, “ह्याक गरेको मुद्रा सटही गरेकाले हामीले उनीलाई पक्राउ गरेका हौँ ।”
उनका अनुसार अन्य ह्याकरलाई शनिबार समातिएको थियो भने ति मनि एक्सचेन्जका सञ्चालकले भने त्यही दिनदेखि फरार रहेका अन्य ह्याकरलाई मुद्रा सटही गरेर दिएको देखियो ।
तीनै जनालाई बंैकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको उनले जानकारी दिए । चिनियाँ नागरिकले शनिबार नबिल बैंकको बुथको एटिएम प्रयोग गरेर प्रभु बैंक, एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबल–आइएमइलगायत बैंकबाट रु एक करोड २६ लाख २९ हजार ह्याक गरेर निकालेका थिए ।
प्रहरीले ह्याक गरेर पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई शनिबार र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिसकेको छ भने अन्य दुई फरार छन् । परिसरका प्रहरी नायब उपरीक्षक बोगटीले फरार रहेका दुई जनाको खोजि भइरहेको जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार