जनपत्रकार संगठनका केन्द्रीय सदस्य हमाल पुन: गिरफ्तार
नेपालबहस संवाददाता
भदौ १७, २०७६ बुधबार ३:५४:४६
१७ भदौ, काठमाडौं । जनपत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न आदेश दिएको थियो । तर उनलाई सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।
भदौं ६ गते कास्कीको सिसुवाबाट प्रहरीले पत्रकार हमाललाई गिरफ्तार गरेको थियो । गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो ।
रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिस केदार प्रसाद चालिसे र डम्मर बहादुर खतिवडाको ईजलासले पत्रकार हमालको पक्राउ गिरफ्तारी गैरकानुनी भन्दै रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ ।
पत्रकार हमाललाई अदालतको आदेशलाई समेत अवज्ञा गर्दै पुनः गिरफ्तार गरेपछि जनपत्रकार संगठन,नेपालले आपत्ति जनाएको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारि गर्दै पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै निन्दा गरेका छन् ।
जनपक्षीय पत्रकारमाथीको पटकपटकको गिरफ्तारीले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ विचार र आस्थाका आधारमा पत्रकारलाई पक्राउ गरि झुठा मुद्दा लगाउने र अदालतको आदेशलाई समेत अवज्ञा गर्नुले देशमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने कुराको समेत छर्लङ्ग भएको बताईएको छ ।
संगठनले देशभरका कलमजिवीहरुलाई पत्रकारको गैरन्यायिक गिरफ्तारीको बिरोध गर्न समेत आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार