दोलखाको सुरीमा सुरेल सङ्ग्रहालयको निर्माण गरिँदै
नेपालबहस संवाददाता
भदौ २४, २०७६ मंगलबार १४:६:२१
२४ भदौ, चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मात्र परापूर्वकालदेखि बसोबास गर्दौ आएको नेपालको सूचीकृत आदिवासी जनजातिमध्ये सीमान्तकृत जनजाति सुरेल जाति हो । नेपालका अन्य भूभागमा बसोबास नभएको सुरेल जाति परापूर्वकालदेखिनै दोलखाको उत्तरी दुर्गम क्षेत्र सुरीमा बसोबास गर्दै आएका छन् ।
पहिल्लो समय विकासको क्रममा आधुनिकता भित्रिन थालेसँगै सुरेल समुदायका मानिसलाई आफ्नो पहिचान रीतिरिवाज गुम्ने चिन्ताले सताउन थालेको छ । उनीहरु पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति, रीतिरिवाज जोगाइ राख्न र सुरेलको पहिचानका लागि धमाधम सुरेल सङ्ग्रहालयको निर्माणमा जुटिरहेका छन् । सुरेल जातिको पुरातात्वियक सामग्री, वेषभूषा, कलाको संरक्षण गर्ने उद्देश्यले गाउँपालिका र प्रदेश नम्बर ३ को सहयोगमा सङ्ग्रहालयको निर्माण गर्न लागिएको सुरेल सेवा समाजका अध्यक्ष सुवास सुरेलले बताए ।
सुरेल सङ्ग्रहालयको निर्माण गर्न गत आर्थिक वर्ष गाउँपालिकाले रु १५ लाख रकम विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षमा प्रदेश सरकारले रु २५ लाख रकम विनियोजन गरेको छ । करीब डेढ रोपनी जग्गामा निर्माण गर्न लागिएको सङ्ग्रहालय तत्काल चार कोठाको निर्माण गरिने र वरिपरि जातिसँग सम्बन्धित विभिन्न सामग्रीको निर्माण गरिने उनले बताए ।
नेपालकै गौरीशङ्करमा मात्र बसोबास रहेको सुरेल जातिको संस्कृति, रीतिरिवाज, वेषभूषा संरक्षण तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न योजना गाउँपालिकाले ल्याएको गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बताए । सङ्ग्रहालयमा तत्काल सुरेल जातिका पुर्खाले प्रयोग गरेको सामग्री, सुरेल जातिको जन्मदेखि मृत्यु संस्कारसम्म झलकने सामग्री, वेषभूषालगायतका सामग्री राखिने छन् ।
भुमेचन उभौलीको मुख्य पूजा गर्ने यो जातिको जनसङ्ख्या जम्मा २७१ मात्र रहेको छ । अल्पसङ्ख्यक सीमान्तकृत समुदायका सुरेल जातिलाई सरकारले प्रतिव्यक्ति सामाजिक सुरक्षाभत्ता भन्दै मासिक रु दुई हजारका दरले भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार