१३ माघ २०७९, शुक्रबार
सुरक्षा/अपराध

विप्लवका बारा सेक्रेटरी पक्राउ, प्रहरीलाई अनुसन्धान गर्न पाँचको म्याद

प्रकाशित मिति :  २८ भाद्र २०७६, शनिबार ११:०८


 दाङबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

२८ भदौ, बारा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । राजन गिरी भनिने मिश्रालाई बाराको परवानीपुर-४ श्रीपुरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बाराका एसपी विकासराज खनालले जानकारी दिए ।

बाराका प्रहरी अधिकारीहरुका अनुसार जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको थियो । उनी पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको र उनीमाथि बिभिन्न मुद्दाहरु पनि रहेकाले पक्राउ गर्नु परेको प्रहरी अधिकारीहरु बताउँछन् ।

मिश्रामाथि भारतीय नम्बर प्लेटका गाडी आगजनी गरेको, व्यवसायीलाई चन्दाका लागि धम्क्याएको आरोप छ । मिश्रामाथि हत्या, डाँका, फिरौती, चन्दा आतंकलगायतका आधा दर्जनभन्दा बढी मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता