आमघाटको निर्माणाधिन झोलुङ्गे पुल उच्च जोखिममा
नेपालबहस संवाददाता
भदौ २८, २०७६ आइतबार १:३१:१५
२८ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ आमघाटमा निर्माण भइरहेको झोलुङ्गे पुल वनहरा नदीको उच्च जोखिममा परेको छ ।
नदीले पुलको टावर ठड्याइएको क्षेत्रबाटै कटान गर्न थालेपछि निर्माण नहुँदै पुल जोखिममा परेको हो । गत वर्ष नदीको कटान रोक्नका लागि रु २० लाखको लागतमा तटबन्ध निर्माण गरिएको थियो ।
तटबन्धका अधिकांश स्पर ढलेपछि नदीको खतरा झनै बढेको स्थानीयवासी लक्ष्मण रानाले बताए । पुलको टावर निर्माण गरिएको ठाउको उत्तरतर्फको क्षेत्रबाट नदीले स्थानीय किसानले लगाएको खेती जग्गासमेत कटान गर्दै आएको छ ।
आमघाटदेखि तिलकीसम्मको क्षेत्र नदीको उच्च जोखिममा रहेकाले बजेटको व्यवस्था गरी भरपर्दो तटबन्ध निर्माण गरिनुपर्ने वडाध्यक्ष बाले रानाले बताए । “तत्काल तटबन्ध निर्माण नगरिए निर्माणकार्य पूरा नहुँदै रु एक करोड बढीको लागतमा निर्माण भइरहेको झोलुङ्गे पुल खतरामा पर्छ”, उनले भने, “तत्काल तटबन्ध नबनाए यहाँका ६० बढी परिवारको जग्गा कटानसँगै बस्ती पनि उच्च जोखिममा पर्छ ।”
वडा कार्यालयले नदी रोकथामका लागि विनियोजित गरेको थोरै बजेटले नधान्ने भएकाले प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्था गरी विस्थापनमा पर्न थालेको बस्ती जोगाउन मद्दत गरिनुपर्ने उनले बताए ।
“नदी नियन्त्रणका लागि गुरुयोजनाअन्तर्गत लालझाडी गाउँपालिकाको सीमासम्म गत वर्ष रु ७५ लाखको बजेटमा तटबन्ध निर्माण गरियो थियो”, अध्यक्ष रानाले भने, “बाढीको उच्च जोखिममा रहेको नजिकैको बस्तीमा तटबन्ध निर्माण गर्ने कार्य भएन । प्रदेश सरकारले गुरुयोजनाअन्तर्गतको नदी नियन्त्रणको कार्य पुनः शुरु गर्नका लागि आग्रह गर्दछौँ ।”
जैविक तटबन्धले यस क्षेत्रमा कार्य नगर्ने भएकाले ढुङ्गाको पक्की तटबन्ध निर्माण गर्न स्थानीय बासिन्दाले माग गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार