२६ माघ २०७९, बिहीबार
समाचार

कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए कांग्रेसले सशक्त प्रतिकार गर्ने

प्रकाशित मिति :  २८ भाद्र २०७६, शनिबार २०:३२


कांग्रेस

२८ भदौ, कोहलपुर । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गुण्डागर्दी तत्काल नरोकिए कांग्रेसले सशक्त प्रतिकार गर्ने बताए ।

‘जागरण अभियान’ अन्तर्गत आज कोहलपुरमा आयोजित कार्यकर्ता भेला तथा सम्वाद कार्यक्रममा उनले केही दिन अघि नेकपा निकट कार्यकर्ताहरुले गुण्डागर्दी शैलीमा आक्रमण गरेर अप्रजातान्त्रिक गतिविधि मच्चाउने गुण्डालाई प्रशासनले तत्काल पक्राउ गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केही दिनअघि बाँकेको खजुरामा नेपाली कांग्रेसले गरेको जागरण कार्यक्रममा गुण्डागर्दी शैलीमा प्रवेश गरेर आक्रमण गर्दै कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँच्ने नेकपा कार्यकर्ताहरुको विरुद्धमा जाहेरी दिँदा पनि प्रहरीले यो घटनालाई गम्भीरताका साथ नलिएको आरोप लगाए ।

“यदि प्रशासनले यो घटनालाई गम्भीरतापूर्वक नलिए राजनीतिक आडमा अप्रजातान्त्रिक गतिविधि गर्ने तत्वलाई ठेगान लगाउन कांग्रेस तयार छ”, उनले भने, “प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व बहन गर्नतर्फ लाग्नुपर्छ ।”

सभापति देउवाले जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ भन्दै बाँके घटनामा संलग्नलाई कारवाही नभएसम्म कांग्रेसले कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिए ।

सो घटनाका सम्बधमा नेपाल कम्युनिष्ट पार्टी बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गरी घटनालाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा