१७ माघ २०७९, मंगलवार
समाचार

पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै तरुणले हटायो महासचिव

प्रकाशित मिति :  २८ भाद्र २०७६, शनिबार २२:२६


भुपेन्द्रजङ्ग शाही

२८ भदौ, काठमाडौं । नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारीविपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ ।

शाहीले तरुण दलको आदर्श एवं सिद्धान्तविपरीत गई अनुशासनहीन कार्य गरेकाले पदबाट हटाउनुपरेको अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।

सङ्गठनको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा जनाइएको छ । शाहीलाई सङ्गठनबाट हटाइएको पत्रको बोधार्थ पार्टी सभापति शेरबहादुर देउवालाई समेत दिइएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






बजारमा आज सूनको मूल्य घट्यो
नेपालबहस संवाददाता