१३ माघ २०७९, शुक्रबार
समाचार

ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

प्रकाशित मिति :  २९ भाद्र २०७६, आईतवार ०६:२८


ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

२९ भदौ, एजेन्सी । यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ ।

समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दावी गरेका हुन् ।

साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्वस्थित बुक्यापस्थित उक्त तेल कम्पनी र खुराइस तेल फार्ममा आक्रमण भएको र यसका कारण कम्पनीलाई ठूलो क्षति भएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ ।

सरकारी समाचारमाध्यमका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । स्थानीय समयानुसार बिहान ०४ बजे सुरक्षा टोलीले दुई तेल स्थलमा ‘ड्रोनका कारण शुरू भएको’ आगो निभाउन सुरक्षाकर्मीहरूलाई खटाइएकोसाउदी प्रेस एजेन्सीले जनाएको हो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा