१३ माघ २०७९, शुक्रबार
समाज

निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिए

प्रकाशित मिति :  २९ भाद्र २०७६, आईतवार ०९:०४


सोती घटना प्रकरण : प्रहरीको घेराभित्र चिकित्सक

२९ भदौ, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् ।

असहाय बाल विकास नेपाल बिजौरीले शनिबार दीपेन्द्र मावि मानपुरमा आयोजना गरेको शिविरमा एक हजार ३०० बढीले सेवा लिएका हुन् ।

संस्थाका अध्यक्ष विष्णु चौधरीका अनुसार दाँतका १३०, आँखाका २१९, रगत परीक्षण ७५, बालरोगका २२६, सामान्य जाँच ३८८, नाक, कान, घाँटी २३८ तथा स्त्रीरोग १६४ ले सेवा लिएका छन् ।

ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले त्यहाँ स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष चौधरीको भनाइ छ । उक्त संस्थाले विगतका वर्षमा पनि यस्तै शिविर गर्दै आएको छ ।

दृश्यावलोकन स्तम्भ निर्माण शुरु

उपमहानगरपालिका–१९ मा दृश्यावलोकन स्तम्भ निर्माण शुरु भएको छ । उपमहानगरपालिकाको रु ३० लाख र रु आठ लाख जनश्रमदान गरी रु ३८ लाखमा निर्माण हुनलागेको उक्त दृश्यावलोकन स्तम्भको शनिबारदेखि निर्माण शुरु भएको हो ।

दृश्यावलोकन स्तम्भ निर्माणको काम यही पुसमसान्तभित्र सकिने साइट इञ्चार्ज दोर्ण आचार्यले बताए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता