२९ भदौ, हुम्ला । हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको केही विवरण आउन सकेको छैन। गत भदौ ५ मा सोलुखुम्बुको गोली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूडकोको भूकम्प गएकोथियो।