ए बाबा ! सरकारको विरोध गर्नै नपाउने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार २२:३९:५२
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२९ भदौ,काठमाडौं । देशमा प्रजातन्त्र वहालीका लागि अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले दिव्य १४ बर्ष कारावासमा बिताएको कथा उखानटुक्कासहित सगौरव भन्ने गर्छन् । यस्तै नेकपाकै अध्यक्ष कम्रेड पुष्पकमल दाहाल पनि नेपाली जनतालाई अधिकार सम्पन्न तुल्याउन दश वर्ष बन्दूक बोकेर जंगल पसेको गर्वका साथ भन्ने गर्छन् ।
नियतिले यी दुबैलाई अहिले सत्ताको बागडोर सुम्पिएको छ । नेपाली जनताले उनीहरुको गठबन्धनलाई झण्डै दुई तिहाईको समर्थन जनाएको छ । तर यिनीहरुकै शासनकालमा नेपाली जनता त्यही हक अधिकारबाट विमुख हुनुपर्ने वातावरण तयार गरिंदै छ । ओली आफ्नो र आफूलाई मनपर्ने मान्छेको विरोधमा एक शव्द सुन्न सक्दैनन् । मानौं जनताले उनलाई विश्वास गरेर मत दिनुको अर्थ त्यही जनतालाई दास बनाउन लाइसेन्स दिएको हो ।
लोकतन्त्रको सौन्दर्य भनेकै विरोध गर्न पाउने हक अधिकारको सुनिश्चितता हो । ओली र प्रचण्ड वा राष्ट्रपतिको विरोध नै गर्न नपाउने हो भने हिजो राजतन्त्र फाल्नुको औचित्य के ? अधिवक्ता केसीको प्रतिप्रश्न छ ।
ओली प्रचण्ड गठबन्धनको चाहना छ – सरकार बिरुद्ध बोल्न, लेख्न र जुलुस गर्न त कांग्रेस सत्तामा आउँदा मात्रै हो । सत्ता बाहिर हुँदा राज्यको सम्पति तोडफोड गर्ने ओलीका अरिंगाल आज अरुले बोलेको मन पराउँदैनन् । गत शुक्रबार काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको रौनक थियो । जात्रा अवलोकन गर्न अहिले सक्रिय राजनीति नै गर्न थालेकी राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीको आवागमनको कार्यक्रम तय थियो ।
त्यही मौकामा केही नेपालीले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाउन विरोध गर्ने तयारी गरे । तर सरकारलाई त्यो सैह्य भएन । भटाभट पक्रँदै हवालातमा पु¥यायो । पक्राउ पर्नेमा नेपाल प्रहरी र नेपाली सेनाका केही उच्च पदस्थ पूर्व पदाधिकारी समेत थिए । किन पक्रनु प¥यो त भन्दा ओलीका घर कुरुवा एक मन्त्रीले भने – लोकतन्त्रको पनि एउटा मर्यादा हुन्छ । महामहिम राष्ट्रपतिको पनि यसरी विरोध गर्ने ? उनको तर्क थियो – सेरेमोनियल राष्ट्रपतिको पनि बिरोध गर्ने ?
ती कुरुवा मन्त्रीलाई हेक्का भएन छ , कुनै बेला राजा महेन्द्र, वीरेन्द्र वा ज्ञानेन्द्र विरुद्ध नेपाली जनताले कालो झण्डा र बम प्रहार समेत गरेका थिए । त्यसैको ब्याज खाएर अहिले उनी मन्त्रीको पदमा पुगेका हुन् । ओली र प्रचण्डले हिजो त्यही काम गर्दा लोकतान्त्रिक हुने तर सामान्य नोपालीले गर्दा लोकतन्त्र विरोधी हुने ? प्रश्न गम्भिर छ ।
राणा शासन होस् वा पञ्चायती व्यवस्था किन नहोस् वा ज्ञानेन्द्र शाहको तानाशाही प्रवृत्ति नै किन नहोस् , नेपाली जनताले त्यस विरुद्ध वलिदानीपूर्ण आन्दोलन गरेको हो । उक्त आन्दोलनको बलमा ओली, देउवा वा प्रचण्डहरु सत्तामा पुगेका छन् । अब उनीहरुको सत्ता विरुद्ध चाहिं कोही बोल्यो भने त्यो प्रतिगामी हुने विचित्रको सोच र उन्मादग्रस्त छ ओली सत्ता । नेपाली जनता त्यही प्रवृत्ति विरुद्ध हिजो सडकमा ओर्लिएका हुन् ।
राजा महाराजाले नेपाली जनतालाई यतिको सताएका थिएनन्, केही नेताले सत्ताको चास्नी पाएका थिएनन् मात्र त्यसबेला । सर्वसाधारणले ओली र प्रचण्डको विरोध गर्न नै नपाउने हो भने यो परिवर्तन के र कस्का लागि ? ओली प्रचण्डको शैलीले सक्रिय राजतन्त्रलाई बिर्साउने अवस्था निर्माण गरी दिएको अधिवक्ता केसीको भनाई छ ।
“जनता जनार्दन हुन् , रैती होइनन् भन्ने कुराको हेक्का ओली र प्रचण्डलाई नभएको देखिन्छ । नेपालको संविधान २०७२ को बखान गरेर नथाक्ने ओली सरकारले त्यही संविधानमा शान्तिपूर्ण रुपमा भेला भई विरोध गर्न पाउने हक सुरक्षित गरेको चाहिं याद गरेन ।” अहिले लोकतन्त्र भन्दा पनि उच्च कोटीको गणतन्त्रको अभ्यासमा रहेको ओली प्रचण्ड सरकारले नेपाली जनताको मौलिक हक नै अवरुद्ध गर्ने गरी धरपकड गर्न थालेको अधिवक्ता गणेश केसीको भनाई छ ।
लोकतन्त्रको सौन्दर्य भनेकै विरोध गर्न पाउने हक अधिकारको सुनिश्चितता हो । ओली र प्रचण्ड वा राष्ट्रपतिको विरोध नै गर्न नपाउने हो भने हिजो राजतन्त्र फाल्नुको औचित्य के ? अधिवक्ता केसीको प्रतिप्रश्न छ । राजा महाराजाले नेपाली जनतालाई यतिको सताएका थिएनन्, केही नेताले सत्ताको चास्नी पाएका थिएनन् मात्र त्यसबेला । सर्वसाधारणले ओली र प्रचण्डको विरोध गर्न नै नपाउने हो भने यो परिवर्तन के र कस्का लागि ? ओली प्रचण्डको शैलीले सक्रिय राजतन्त्रलाई बिर्साउने अवस्था निर्माण गरी दिएको अधिवक्ता केसीको भनाई छ ।
हिजो राजतन्त्र विरुद्ध सडक संघर्षका उत्रिएका नेपाली जनता आवश्यक प¥यो भने ओली प्रचण्ड विरुद्ध पनि विद्रोहमा ओर्लन पछि हट्दैनन् । भ्रम नहोस् , अहिले नेपाली जनताले कम्युनिष्ट गठबन्धनलाई मत दिएको हो , न की साम्यवादी शासनका लागि । ओली प्रचण्ड सत्तामा आए लगत्तैका घटनाक्रम हेर्दा नेपालमा साम्यवाद नै आएजस्तो गरी काम गर्न थालिएको छ । नेपाली जनताले तीन तीन पटक निरङ्कुशताविरुद्ध कष्टकर संघर्ष गरेका छन् । अब चौथो पटक ओली प्रचण्ड विरुद्ध सडकमा जान कसैले रोक्न सक्दैन ।
नेपाली जनताको बोल्न , लेख्न र विरोध प्रकट गर्न पाउने संवैधानिक हक विरुद्ध सरकार निरंकुश ढंगले प्रस्तुत हुन थाल्यो भने अन्तर्राष्ट्रिय समुदाय पनि चूप लागेर बस्ने अवस्था छैन । आजको २१ औं शताव्दीमा जनतालाई दास बनाउँछु भनेर सोच्नु नै ओली प्रचण्डको मूर्खता हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना संकलन गर्ने गुप्तचरका एसपीमाथि आर्थिक संकलन गरेको आरोप
साउन ७, २०८१ सोमबार
क्यासिनो खोल्न पर्यटन विभाग कै डीजी पण्डितको चलखेल, करोडौंको बार्गेनिङ
साउन ६, २०८१ आइतबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
विद्युत् बक्यौता नतिर्ने एक हजार ग्राहकको लाइन काटियो
साउन १२, २०८१ शनिबार
इजरायली सेनाद्वारा गाजामा पुनः निकासीको आदेश जारी
साउन १२, २०८१ शनिबार
गण्डकीमा १२ दिन मात्रै बस्न थाले विदेशी पर्यटक
साउन १२, २०८१ शनिबार
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
साउन १२, २०८१ शनिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार