१३ माघ २०७९, शुक्रबार
समाचार

आजबाट अवरुद्ध राष्ट्रियसभाको बैठक सञ्चालन

प्रकाशित मिति :  ३० भाद्र २०७६, सोमबार १२:३६


प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत

३० भदौ, काठमाडौं ।  आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो ।

बैठकमा कांग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।

सोही घटनालाई लिएर हिजोको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सदनमा जवाफसमेत दिनुभएको थियो तर कांग्रेस सांसदहरुले चित्त बुझ्दो जवाफ नआएको र दोषीउपर कारवाही नहुँदासम्म सदन चल्न नदिने भन्दै हिजै बसेको दोस्रो बैठकसमेत अवरुद्ध गरेका थिए हिजै प्रहरीले सो घटनाका सम्बन्धमा जाहेरी दर्ता गरेकाले आजको बैठक भने काङ्ग्रेसले सञ्चालन गर्न दिएको हो ।

राष्ट्रियसभाको आजको बैठकको शुरुमै राष्ट्रियसभाका अध्यक्षसँग समय मागेर नेपाली कांग्रेसका सांसद अनिता देवकोटाले बाँके घटनाको विषयलाई लिएर हिजोको बैठक अवरुद्ध हुन पुगे पनि हिजो नै प्रहरीले जाहेरी दर्ता गरेकाले आजको बैठक सञ्चालन गर्न दिएको बताए ।

बाँके जिल्लाको खजुरामा यही भदौ २६ गते नेपाली कांग्रेसको जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी आक्रमण भएको थियो । सोही विषयलाई लिएर हिजो संसद् अवरुद्ध भएको थियो ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

बिजुलीमा निराजनसँग उपासना
नेपालबहस संवाददाता

इनसेसेन्ट रेन एकेडेमी सुरु
नेपालबहस संवाददाता