मदन भण्डारी राजमार्गको डिपिआर शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३०, २०७६ सोमबार १९:१५:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/surkhet-e1517915621474-1_tHFdOZ5zag.jpg)
३० भदौ, सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ निर्माण शुरु भएको छ ।
पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट खण्डको ९४ किलोमिटर सडकको डिपिआरको काम शुरु गरिएको हो । पूर्वको झापादेखि सुदूरपश्चिमको डडेल्धुरासम्म जोडिने ‘नेशनल हाइवे ०९’ नामक मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको काल्चे, मालारानी, बेनिघाटको १३२ किलोमिटर सडकलाई केन्द्रमा राखेर डिपिआरको काम शुरु गरिएको छ ।
विसं २०५१ मा ट्र्याक खोलिएको सडकको शुरु बिन्दु बड्डीचौर तथा अन्तिम बिन्दु गुटु हुँदै सिमीचौरसम्म दुई लेनको हुनेछ । सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले डिपिआर सर्भेका लागि परामर्शदाता कम्पनी सिल्ट सिआरसी जिओकम जेभी ललितपुरले काम शुरु गरिसकेको जानकारी दिए ।
उनका अनुसार कम्पनीलाई सर्भे गर्न ५० दिनभित्र २५/२५ मिटर दायाँबायाँ क्षेत्रफलमा सर्भे गर्नेछ । चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले मदन भण्डारी राजमार्ग निर्माण भए पश्चिम सुर्खेतको मुहार फेरिने बताए ।
सडक र बिजुली विकासको मेरुदण्ड भएकाले सङ्घीय सरकारले ढिलासुस्ती गर्न नहुने उनको भनाइ थियो । पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले २०५१ सालमा खोलिएको ट्र्याकले अहिले पूर्णता पाउँदा खुशी लागेको बताए। “त्यतिबेला जन्मिएको बच्चा अहिले तन्नेरी हुँदैछ भने सडक बुढो भएको छ”, उनले भने, “स्थानीय तहमा आउने बाधा अवरोधको सहजीकरण गर्न सदैव तयार छौँ ।”
सुर्खेत–२ का प्रतिनिधिसभा सदस्य नवराज रावतले मङ्सिर महीनाभित्र डिपिआर सम्पन्न गर्न कम्पनीका प्रतिनिधिलाई निर्देशन दिए। सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग रु चार अर्ब बजेट माग गरिएको जानकारी उनले दिए ।
१३२ केभी कोहल्पुर सुर्खेत प्रसारणलाइन विस्तार, बड्डीचौर बेनिघाट सडक, काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव, पुल लगायतका योजनालाई सञ्चालन गर्न सफल भएको उनको भनाइ छ ।
सर्भेका क्रममा आइपर्ने विभिन्न समस्या समाधानको नेतृत्व स्थानीय सरकारले लिनुपर्ने भन्दै सांसद रावतले मङ्सिरभित्र डिपिआर सक्ने, माघभित्र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने, चैत महीनामा टेण्डरको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
एयरलाइन्सका पाइलट जीवित, चारजनाको शव निकालियो
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
साउन ११, २०८१ शुक्रबार
आफूमाथि बलात्कार नभएको भन्दै सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला–२६ ले दिइन निवेदन
साउन ११, २०८१ शुक्रबार
यस वर्षको मौद्रिक नीति पारित, घरजग्गा र शेयरबजार नीति लचिलो हुनेमा आशावादी
साउन ११, २०८१ शुक्रबार
चितवनमा ५१ जनामा डेंगु सङ्क्रमण
साउन १२, २०८१ शनिबार
विश्वभर २३३ करोड मानिसले नियमित पर्याप्त खाना पाउँदैन
साउन १२, २०८१ शनिबार
पेरिस ओलम्पिक २०२४ को भव्य उद्घाटन (तस्बिरहरू)
साउन १२, २०८१ शनिबार
पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एशिया कपको फाइनलमा
साउन १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन १२, २०८१ शनिबार
आज यी चार प्रदेशमा भारी वर्षा हुने
साउन १२, २०८१ शनिबार