१७ माघ २०७९, मंगलवार
विकास बैंक

अटीजम केयर नेपाललाई मुक्तिनाथ विकास बैंकले दियो एक लाख सहयोग

प्रकाशित मिति :  ३० भाद्र २०७६, सोमबार १५:३७


अटीजम केयर नेपाललाई मुक्तिनाथ विकास बैंककाे सहयोग

३० भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि एक लाख रुपैयाँ वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।

अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) भएका बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्ष सरु अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा