उपचारका लागि चिकित्सक खोज्दै धामीझाँक्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
भदौ ३१, २०७६ मंगलबार १६:६:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/free-health-1582018062644-1000x0-e1534309722302_bScq3KVk22.jpg)
३१ भदौ, डोटी । कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री पछिल्लो समय चिकित्सककहाँ गएर आफ्नो उपचार गराउन थालेका छन् ।
आफूमात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा प्रायःजसो धामीझाँक्री उपचार तथा जाँच गराउन आउन थालेका छन् ।
पछिल्लो समय विभिन्न किसिमका रोग देखा पर्न थालेका र देउताकै भर पर्दा ज्यान नै खतरामा पर्ने भएकाले आफूहरुले बिरामीलाई अस्पताल तथा चिकित्सककहाँ पठाउने गरेको बोगटान फुड्सिल गाउँपालिका–५ भतालीका धामी देवबहादुर बोहराले बताए ।
उनले भने, “सुदूरपश्चिममा धामी तथा देउताप्रति आस्था र विश्वास नभएको चाहिँ होइन, स्थानीयवासीले विश्वास गर्छन्, तर सबै बिरामी देउताले निको पार्न नसक्ने भएकाले बिरामीको अवस्था र उसलाई लागेको रोगबारे बुझेर हामी अस्पताल जाने सल्लाह दिने गर्छौँ ।” बिरामी उपचार गराउन अस्पताल तथा चिकित्सक खोज्न थालेपछि सुदूरपश्चिमका अधिकांश धामीझाँक्रीको आम्दानी शून्य हुन थालेको दिपायलका कलकबहादुर खत्रीले बताए ।
डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा विगत समयमा मानिस सामान्य बिरामी पर्दा पनि धामीझाँक्रीकहाँ धाउने चलन थियो ।
अहिले उक्त चलन क्रमिकरूपमा हट्न थालेको छ । यहाँका धामीझाँक्रीले ठूलो रोगबाहेक अन्य केही मसान, पिचास, बोक्सी लागेको भने निको पर्ने गरेको पिपल्लाका पदम दासले बताए ।
यसरी मसान, पिचास, बोक्सी लागेको छुटाउन यहाँका धामीझाँक्रीले बोका, कुखुरा, राँगा तथा हासको बलि दिने चलन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजकुमार नकर्मीको मृत्युले पार्टीमा अपुरणीय क्षतिः कांग्रेस
साउन ११, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त
साउन १०, २०८१ बिहिबार
नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक
साउन १०, २०८१ बिहिबार
बाग्मतीमा कुन्दन काफ्लेको लफडाले रोकियो मन्त्रीहरुको शपथ
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार
सौर्य एयर दुर्घटना: यस्ता छन हृदयविदारक तस्वीरहरु
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार
माधव नेपालले दिए पार्टी फुटाउने कोसिस भइरहेको संकेत
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार
द्रुत मार्गमा पट्यार लाग्दो काम, ३ सय ९४ रोपनी जग्गा अधिग्रहणमै रोकियो नेपाली सेना
साउन १२, २०८१ शनिबार
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा मुलुकबाट ३१ अर्ब बाहिरियो
साउन १२, २०८१ शनिबार
अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
साउन १२, २०८१ शनिबार
कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प
साउन १२, २०८१ शनिबार
चीनले जित्यो पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक
साउन १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति घट्दो क्रममा
साउन १२, २०८१ शनिबार